पूर्वराजालाई जेल हाल्नु पर्ने एमाले नेता ढुङ्गेलको भनाई

रामेछाप । नेकपा एमाले बाग्मती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले पूर्वराजा ज्ञानेन्द्र शाहालाई पक्राउ पुर्जी जारी गरेर जेल हाल्नु पर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगरपालिका कमिटीले शनिबार पुष्पलालको जन्मथलो रामेछापमा आयोजना गरेको तेस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गेलले विकास विरोधी नवराज सुवेदी जस्ता गनाउने सिद्रालाई बोकेर राजतन्त्र फिर्ता ल्याउने सपना […]

Mar 29, 2025 - 11:48
 0
पूर्वराजालाई जेल हाल्नु पर्ने एमाले नेता ढुङ्गेलको भनाई

रामेछाप ।

नेकपा एमाले बाग्मती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले पूर्वराजा ज्ञानेन्द्र शाहालाई पक्राउ पुर्जी जारी गरेर जेल हाल्नु पर्ने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगरपालिका कमिटीले शनिबार पुष्पलालको जन्मथलो रामेछापमा आयोजना गरेको तेस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गेलले विकास विरोधी नवराज सुवेदी जस्ता गनाउने सिद्रालाई बोकेर राजतन्त्र फिर्ता ल्याउने सपना नदेख्न चेतावनी दिएका छन् ।

रामेछाप गृहजिल्ला रहेका नवराज सुवेदी प्रति लक्षित गदै जिल्लाको विकास रोक्ने, रामेछापका जनतालाई भरियाको युगबाट बाहिर माथि उठ्न नदिने, विकास विरोधीलाई बोकेर पूर्वराजा ज्ञानेन्द्रलाई राजतन्त्र फर्काउने सपना नदख्न समेत भनेका छन् ।
अबको लडाइँ राजावादी र गणतन्त्रवादीको अन्तिम लडाइँ भएको बताउँदै ढुङ्गेलले राजावादीको इँटाको जवाफ पत्थरले दिने बताए ।

‘व्यक्तिको घर फोर्ने, पत्रकारलाई ज्युँदै जलाउने, पसल लुट्ने, रक्सी लुट्ने, फलफूले लुट्ने, यस्ता मान्छेलाई लिएर राजवादीहरू कता जाँदै छन् रु’ ढुङ्गेलको प्रश्न थियोे ।

‘पूर्वराजा ज्ञानेन्द्रले लुटेरा जम्मा गरेर हिसा र आतंक मच्चाए, पूर्वराजा ज्ञानेन्द्रलाई पूर्जी काटेर जेलमा हाल्नु पर्छ, त्यसका मतियार नवराज सुवेदीलाई गोलघरमा हाल्नु पर्छ, यो व्यवस्था भित्र बसेर यही व्यवस्थाको विरुद्ध लाग्ने राप्रपाका नेताहरूलाई जेल हाल्नु पर्छ, अराजक दुर्गा प्रसाईँलाई हतकडी लगाएर ल्याउनु पर्छ, यस्ता अराजकलाई थुन्ने काम हुनुपर्छ, यिनीहरुलाई थुनियोस् सरकार’, भाषणको क्रममा उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register