सोमबार १३.६२ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ ।  आज नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार २ सय ५८ कित्ता सेयर खरिद हुँदा १४ अर्ब २८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Mar 3, 2025 - 09:33
 0
सोमबार १३.६२ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ ।  आज नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार २ सय ५८ कित्ता सेयर खरिद हुँदा १४ अर्ब २८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १ अर्ब ३८ करोड ७४ लाख ४७ हजार ९ सय २४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, सोमबारको बजारमा गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, समाज लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register