अल्पायुमै अस्ताए एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्की

लन्डन। एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्कीको असमायिक निधन भएको छ। ५२ वर्षीय कार्कीको सोमबार बिहान करिब पौने सात बजेको समयमा स्कटल्याण्ड फलक्रिकस्थित आफ्नै निवासमा निधन भएको एनआरएनएनए स्कटल्याण्ड अध्यक्ष दिवाकर पाण्डेले नेपालीलिंकललाई जानकारी दिए। स्वर्गीय कार्कीलाई केही महिनाअघि मात्रै फोक्सोको (लंग्स) क्यान्सर देखिएर उपचार गराइरहेका थिए। कार्कीको शवलाई प्यारामेडिक टोली आएर जांच गरेको र […]

Mar 3, 2025 - 09:35
 0
अल्पायुमै अस्ताए एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्की

लन्डन। एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्कीको असमायिक निधन भएको छ।

५२ वर्षीय कार्कीको सोमबार बिहान करिब पौने सात बजेको समयमा स्कटल्याण्ड फलक्रिकस्थित आफ्नै निवासमा निधन भएको एनआरएनएनए स्कटल्याण्ड अध्यक्ष दिवाकर पाण्डेले नेपालीलिंकललाई जानकारी दिए।
स्वर्गीय कार्कीलाई केही महिनाअघि मात्रै फोक्सोको (लंग्स) क्यान्सर देखिएर उपचार गराइरहेका थिए।

कार्कीको शवलाई प्यारामेडिक टोली आएर जांच गरेको र अब अन्त्येष्टीको तयारी शुरु गरिएको एनआरएनएनए स्कटल्याण्ड अध्यक्ष पाण्डेले बताए।

स्वर्गीय कार्कीका पत्नी र एक सात वर्षीया छोरी छन्। उनको घर नेपालमा काठमाडौ कालिमाटी हो।

एनआरएनए यूकेमा दुई कार्यकाल उपाध्यक्ष रहिसकेका कार्की स्कटल्याण्ड रजत परिषदको संस्थापक तदर्थ समितिका पनि संयोजक थिए। उनी स्थानीय फोर्थ भ्याली कम्युनिटीमा अध्यक्ष थिए।

लामो समयदेखि स्कटल्याण्डमा बस्दै आएका कार्कीले रेष्टुरेन्ट, प्रपर्टीलगायतका व्यवसाय संचालन गर्दै आएका थिए।

कार्कीको असमायिक निधनले स्कटल्याण्ड र बेलायतको सिंगो नेपाली समुदाय शोकमा डुबेको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register