प्याब्सन १६ औं  महाधिवेशनको तयारी पूरा 

काठमाडौं ।  निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) को  १६ औं  राष्ट्रिय महाअधिवेशनको तयारी पूरा भएको छ ।  फागुन २६ र २७ गते हुने महाअधिवेशनको तयारी पूरा  भएको जनाएको हो ।  राष्ट्रिय महाअधिवेशनको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा  प्याब्सन अध्यक्ष डिके ढुंगानाले अधिवेशनमा १ हजार ५ सय ४ जना प्रतिनिधि सहभागी हुने जानकारी […]

Mar 3, 2025 - 09:38
 0
प्याब्सन १६ औं  महाधिवेशनको तयारी पूरा 

काठमाडौं ।

 निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) को  १६ औं  राष्ट्रिय महाअधिवेशनको तयारी पूरा भएको छ ।  फागुन २६ र २७ गते हुने महाअधिवेशनको तयारी पूरा  भएको जनाएको हो ।

 राष्ट्रिय महाअधिवेशनको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा  प्याब्सन अध्यक्ष डिके ढुंगानाले अधिवेशनमा १ हजार ५ सय ४ जना प्रतिनिधि सहभागी हुने जानकारी दिए । अनलाइन मार्फत रजिस्टेशन आब्हान गरेका थियौ, सोही आधारमा सहभागिता भएको हो ।  

उनले प्याब्सनलाई डिजिटल प्रणालीमा लगिएको उल्लेख गर्दै देशैभरबाट १ हजार ५ सय ४ प्रतिनिधिले रजिस्ट्रेसन अनलाइन मार्फत गरिसकेको जानकारी दिए । उनले निर्वाचनको सबै प्रक्रिया अनलाइन मार्फत हुने जानकारी दिए । नेपाल प्रज्ञा प्रतिस्ठानमा हुने महाअधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल भइरहेको अध्यक्ष ढुंगानाले जनाए। 

महाधिवेशनका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने जनाइएको छ । साथै शिक्षामन्त्री, युवा तथा खेलकुद मन्त्री, विभिन्न दलका शिक्षा हेर्ने विभागीय प्रमुखहरू लगायत शिक्षा क्षेत्रसँग जोडिएका महत्त्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहने उनले  बताए ।

साथै ४० जना पर्यवेक्षक रहने र सबै क्षेत्रबाट गरेर करिब २ हजार प्रतिनिधिहरूको सहभागिता रहने प्रारम्भिक अनुमान गरिएको छ । महाअधिवेशनमा विदेशी पाहुनाको समेत सहभागिता रहने छ । दुई दिनसम्म चल्ने महाधिवेशनले २७ गते नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष ढुंगाना, प्रमुख सल्लाहकार टिकाराम पुरी र उपाध्यक्ष कृष्ण अधिकारीबीच प्रतिस्पर्धा हुने सम्भावना छ  । निर्वाचन अघि पदाधिकारी र अन्य पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register