प्रधानमन्त्रीलाई बालेनको चुनौती – हामी दुश्मन होइनौँ, सुशासनका लागि जुध्नु परे तयार छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू सुशासनका लागि जे गर्न पनि तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै सुशासन कायम गरेरै छोड्ने बताए । उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, “हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि […]

Mar 3, 2025 - 11:54
 0
प्रधानमन्त्रीलाई बालेनको चुनौती – हामी दुश्मन होइनौँ, सुशासनका लागि जुध्नु परे तयार छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू सुशासनका लागि जे गर्न पनि तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै सुशासन कायम गरेरै छोड्ने बताए ।

उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, “हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला ।”

उनले महानगर र आफूबारे जति भ्रम फैलाए पनि भ्रष्ट कार्यकर्तासँग नझुक्ने बताएका छन् ।

उनले लेखेका छन्, “पुर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।”

एमाले महासचिव पोखरेललाई बालेनको जवाफ : भ्रमको खेतीमा सरकारले पीएचडी पाउँछ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register