झलनाथको टिप्पणी : पूर्वराष्ट्रपति/उपराष्ट्रपति राजनीतिमा फर्किनु मूल्य-मान्यतामा देखिएको विग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किनु नैतिक प्रश्न भएकाले सम्बन्धित व्यक्तिले नै यसबारे सोच्नुपर्ने बताएका छन् । विराटनगरमा सोमबार समाजवादी प्रेस सङ्गठन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्काउनु राजनैतिक मूल्य–मान्यतामा देखिएको विग्रह भएको टिप्पणी गरे । एक प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री […]

Feb 10, 2025 - 08:15
 0
झलनाथको टिप्पणी : पूर्वराष्ट्रपति/उपराष्ट्रपति राजनीतिमा फर्किनु मूल्य-मान्यतामा देखिएको विग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किनु नैतिक प्रश्न भएकाले सम्बन्धित व्यक्तिले नै यसबारे सोच्नुपर्ने बताएका छन् ।

विराटनगरमा सोमबार समाजवादी प्रेस सङ्गठन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्काउनु राजनैतिक मूल्य–मान्यतामा देखिएको विग्रह भएको टिप्पणी गरे ।

एक प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री खनालले संविधान संशाेधनभन्दा पनि संविधान पुनरावलोकन गर्न सुझाव दिए । उनले विगत १० वर्षमा संविधान कार्यान्वयन नै नभएको अवस्थामा संविधानले काम गर्न नसकेको भन्नु गलत टिप्पणी भएको बताए ।

खनालले शासकीय स्वरुप परिवर्तनले मात्र मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन सम्भव नरहेको उल्लेख गरे ।

उनले सामाजिक सञ्जाललाई नियमन गर्नैपर्ने अवस्था रहेको भएपनि वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी विधेयक ल्याउन आग्रह गरे ।

नेता खनालले सामाजिक सञ्जाललाई मर्यादित बनाउन पनि नियमन गर्नुपर्ने धारणा व्यक्त गरे ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register