ग्लोबल आइएमईले फोटो पत्रकारलाई क्यामेरा खरिदका लागि कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैङ्कले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपीजे)का सदस्यहरुलाई क्यामेरा खरिदको लागि विनाधितो कर्जा उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतामा बैङ्कका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैङ्कले क्यामेरा खरिदको लागि रु २ लाख देखि ५ लाखसम्म विना धितो कर्जा प्रवाह […]

Feb 6, 2025 - 11:00
 0
ग्लोबल आइएमईले फोटो पत्रकारलाई क्यामेरा खरिदका लागि कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैङ्कले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपीजे)का सदस्यहरुलाई क्यामेरा खरिदको लागि विनाधितो कर्जा उपलब्ध गराउने भएको छ ।

यससम्बन्धी सम्झौतामा बैङ्कका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बैङ्कले क्यामेरा खरिदको लागि रु २ लाख देखि ५ लाखसम्म विना धितो कर्जा प्रवाह गर्नेछ । बैङ्कले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ ।

कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा कर्जाको लागि बैङ्कमा सम्पर्क गर्नुपर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register