थापाथलीमा मेलम्चीको पाइप फुटेको घटना : पसल र रेस्टुरेन्ट जलमग्न

काठमाडौं । थापाथीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा जनजीवन प्रभावित भएको छ । पाइप फुटेर सडक अवरुद्ध हुँदा सवारीसाधनसँगै पैदलयात्रीको आवागमनमा समेत असर परेको छ । पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किनका साथै सडकपेटीमा पनि क्षति पुगेको छ । सडकमा ठूलो खाल्डोसमेत परेको छ । साथै सडकभरि हिलो र ढुङ्गाका गिट्टी छरिएको […]

Mar 4, 2025 - 02:33
 0
थापाथलीमा मेलम्चीको पाइप फुटेको घटना : पसल र रेस्टुरेन्ट जलमग्न

काठमाडौं । थापाथीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा जनजीवन प्रभावित भएको छ । पाइप फुटेर सडक अवरुद्ध हुँदा सवारीसाधनसँगै पैदलयात्रीको आवागमनमा समेत असर परेको छ ।

पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किनका साथै सडकपेटीमा पनि क्षति पुगेको छ । सडकमा ठूलो खाल्डोसमेत परेको छ । साथै सडकभरि हिलो र ढुङ्गाका गिट्टी छरिएको देख्न सकिन्छ ।

थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा वरपरका पसलहरूमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रेस्टुरेन्ट, औषधि र फलफूल पसलमा भेल परेको हो । भेलले भुँइतलाका पसल र रेष्टुरेन्टलाई असर गरेको छ । ती पसल र रेस्टुरेन्ट जलमग्न भएका छन् ।

आज (मङ्गलबार) बिहान करिब ५ बजेपछि थापाथलीमा मेलम्चीको पाइप फुटेको हो ।

यहाँ के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । यद्यपि पाइप फुटेको थाहा पाउनासाथ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने नपाएको बताइएको छ ।

यसअघि गत माघ ३० गते पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । वन परिसरसँगै क्षेत्रका केही सरकारी कार्यालय डुबानमा परेका थिए ।

बबरमहलमा विद्युत् प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो । त्यस घटनालाई लिएसर प्राधिकरणले माफी पनि मागेको थियो ।

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register