व्यवसायीले बढाए ग्यासको भाउ, आन्दोलन स्थगित

काठमाडौं । सरकारसँग सहमति गरेर ग्यासको भाउ बढाएसँगै व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन् । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी, नेपाल एल.पी. ग्यास उद्योग सङ्घका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो । व्यवसायी र सरकारको सहमतिसँगै आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिन्डर १२ दशमलव ७५ रुपैयाँले मूल्य […]

Mar 4, 2025 - 10:56
 0
व्यवसायीले बढाए ग्यासको भाउ, आन्दोलन स्थगित

काठमाडौं । सरकारसँग सहमति गरेर ग्यासको भाउ बढाएसँगै व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन् ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी, नेपाल एल.पी. ग्यास उद्योग सङ्घका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।

व्यवसायी र सरकारको सहमतिसँगै आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिन्डर १२ दशमलव ७५ रुपैयाँले मूल्य वृद्धि भएको छ । तर उपभोक्तालाई भने मूल्य नबढ्ने नेपाल आयल निगमले जनाएको छ ।

ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिन्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ ।

निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने र नेपाल एल.पी ग्यास उद्योग सङ्घले आजदेखि एल.पी. ग्यासको आपूर्ति सहज बनाउने सहमति भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register