सस्तो मूल्यमा स्मार्ट ईभी : नेपाली ग्राहकको मन जित्दै सोकोन

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को माग तीव्र गतिमा बढ्दै गएको छ । बढ्दो इन्धन मूल्य, प्रदूषणप्रतिको चिन्ता र दिगोपनको होडबीच अहिले धेरै नेपाली उपभोक्ताहरू सस्तो, स्मार्ट र भरपर्दो ईभीतर्फ आकर्षित भइरहेका छन् । सोही आवश्यकतालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय इलेक्ट्रिक भेहिकल ब्रान्ड सोकोन स्मार्ट र उपयुक्त ईभी सोलुसन्ससहित नेपाली बजारमा बलियो ढङ्गले प्रवेश […]

Apr 9, 2025 - 07:26
 0
सस्तो मूल्यमा स्मार्ट ईभी : नेपाली ग्राहकको मन जित्दै सोकोन

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को माग तीव्र गतिमा बढ्दै गएको छ ।

बढ्दो इन्धन मूल्य, प्रदूषणप्रतिको चिन्ता र दिगोपनको होडबीच अहिले धेरै नेपाली उपभोक्ताहरू सस्तो, स्मार्ट र भरपर्दो ईभीतर्फ आकर्षित भइरहेका छन् । सोही आवश्यकतालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय इलेक्ट्रिक भेहिकल ब्रान्ड सोकोन स्मार्ट र उपयुक्त ईभी सोलुसन्ससहित नेपाली बजारमा बलियो ढङ्गले प्रवेश गरेको छ ।

सोकोन विश्वभर सस्तो मूल्यमा राम्रो गुणस्तरका ईभी बनाउने कम्पनीका रूपमा चिनिन्छ । यसका शहरभित्रका गल्लीहरूदेखि केही असजिला भू-भागमा पनि राम्रो काम गर्ने मोडेलहरू नेपालमा उपलब्ध छन् । यी गाडीहरू घुमाउरा पहाडी सडक, साँघुरा गल्ली र धेरै ट्राफिक जाम हुने नेपाली वातावरणलाई ध्यानमा राखेर बनाइएको कम्पनीको दाबी छ ।

टिकाउपन, राम्रो माइलेज र सुविधायुक्त फिचरहरूमा जोड दिइएकोले यी ईभीहरू व्यक्तिगत तथा व्यावसायिक प्रयोजन दुवैका लागि उपयुक्त रहेको बताइन्छ ।

सोकोन गाडीको सबैभन्दा राम्रो पक्ष भनेको यी सजिलै मेनटेनेन्स गर्न सकिन्छ र चार्ज गर्न पनि सजिलो छ । यसको ब्याट्री एकपटक चार्ज गरेपछि लामो दूरी पार गर्न सकिने कम्पनीको भनाइ छ । साथै, स्मार्ट ड्यासबोर्ड र डिजिटल डिस्प्लेजस्ता आधुनिक सुविधाले सहज ड्राइभिङ सिस्टमसँग मिलेर सस्तो मूल्यमा आधुनिक ड्राइभिङ अनुभव लिन सकिने सोकोनको विश्वास छ ।

नेपालमा आफ्नो स्थान बनाउँदै जानुको अर्को कारण राम्रो आफ्टर सेल्स सर्भिस भएको कम्पनीको दाबी छ । कम्पनीले देशका विभिन्न स्थानमा सर्भिस सेन्टरहरू स्थापना गरेको छ र ग्राहक सहायता पनि उपलब्ध गराउँदै आएको छ । यसरी उपभोक्ताले आवश्यक परेको बेलामा उचित सल्लाह, मर्मत र सहयोग प्राप्त गर्न सक्नेछन् ।

राम्रो गुणस्तरका ईभीहरू उपलब्ध गराएर स्वच्छ उर्जा र कम कार्बन इमिसनको अभियानलाई पनि समर्थन गरिरहेको कम्पनीको भनाइ छ । यसले मानिसलाई पेट्रोल वा डिजेलबाट चल्ने गाडीबाट ईभीमा रूपान्तरण गर्न प्रेरित गरिरहेको छ ।

नेपालमा इलेक्ट्रिक भेहिकल रोज्ने ग्राहकका लागि सोकोन छिट्टै एक उत्तम विकल्प बन्दैछ । भरपर्दो प्रविधि, उचित मूल्य र राम्रो ग्राहक सेवामार्फत सोकोनले नेपाली उपभोक्ताहरूको विश्वास कमाइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register