नमुना बन्यो शिवसताक्षीको दुधे–शिवगञ्ज सडक

सरोज भट्टराईशिवसताक्षी, २० चैत । झापा शिवसताक्षीको दूधे – शिवगञ्ज सडक कालोपत्रे भएको छ । दुधे बजारबाट दक्षिण ७५० मिटर सडकमा कालो पत्रेको काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । साविकको सानो सडकललाई १० मिटर चौडा गरेर कालो पत्रे गरिएको हो । शिवसताक्षी नगरपालिकाबाट भ्याट सहित १ करोड, १३ लाख ७१ हजार २५२ विनियोजत [...] The post नमुना बन्यो शिवसताक्षीको दुधे–शिवगञ्ज सडक appeared first on Jhapa Online.

Apr 2, 2025 - 13:58
 0
नमुना बन्यो शिवसताक्षीको दुधे–शिवगञ्ज सडक

सरोज भट्टराई
शिवसताक्षी, २० चैत ।
झापा शिवसताक्षीको दूधे – शिवगञ्ज सडक कालोपत्रे भएको छ । दुधे बजारबाट दक्षिण ७५० मिटर सडकमा कालो पत्रेको काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

साविकको सानो सडकललाई १० मिटर चौडा गरेर कालो पत्रे गरिएको हो । शिवसताक्षी नगरपालिकाबाट भ्याट सहित १ करोड, १३ लाख ७१ हजार २५२ विनियोजत बजेटबाट सडक निर्माणको सम्पन्न भएको नगरप्रमुख मेघाहाङ्ग थोप्राले जानकारी दिनु भयो । उहाँले उक्त सडक नगरपालिका हुँदै भारतको सिमाना सम्म जाने भएकाले सवारीको चापलाई मध्यनजर गर्दै सडक चौडा गरिएको बताउनुभयो ।

हाल निर्माण भएको स्थानबाट दक्षिण पनि सडकको दुवै पट्टीको भागमा माटो पुर्ने काम भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा सडक निर्माण कार्यले निरन्तरता पाउने नगरप्रमुख थोप्राको भनाई छ । उक्त सडक क्लोबल कस्ट्रक्सन शिवसताक्षी ९ ले निर्माण गरेको हो ।

शिवसताक्षीको गौरवको सडक रिङ्गरोड अन्तर्गत कै नगरको वडा न. ३ र ४ जोड्ने १४ सय ७० मिटर सडक पनि कालो पत्रे भएको छ । जसको चौडा ५.५ मिटर रहेको छ । त्यस्तै गरी शिवसताक्षीको वडा नं. २ स्थित कमल खोला पुर्व मोती माध्यमिक विद्यालयसम्म निर्माधिन सडक पनि कालो पत्रे भएको छ ।

नगरपालिकाबाट विनियोजित ४४ लाख २१ हजार ९८५ रुपैया बजेट सडकको कालोपत्रेको काम सम्पन्न भएको हो । उक्त सडकको लम्बाई ५५० मिटर चौडा ५.५ मिटर रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

सडकको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक नरमाया कार्की लगायत नगरका प्राविधिक टोली निरन्तर अनुगमन गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । निर्माण सम्पन्न भएका सडकहरु तोकिएको मापदण्ड अनुसार नै निर्माण भएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले जानकारी दिनुभयो । उहाँले हाल सडक निर्माण तिब्र गतिमा काम भइरहेको र बर्खा लाग्नु अगावै सडकको निर्माणको काम सक्न जानकारी दिनुभयो ।

शिवसताक्षीको रिङ्गरोड अन्तर्गत कै व्याङ्गडाँडा माइधार सडकखण्डको आइतबारेमा सडक कालो पत्रेको तयारी भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

The post नमुना बन्यो शिवसताक्षीको दुधे–शिवगञ्ज सडक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register