नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, तीनवटा प्रदेशमा आङ्शिक बदली

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव रहेको पाइएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम गरी तीनवटा प्रदेशका पहाडी भागमा आङ्शिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । मुलुकका अन्य भागमा भने मौसम सफा रहेको छ । आज (बुधबार) दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आङ्शिक बदली रही […]

Mar 5, 2025 - 00:47
 0
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, तीनवटा प्रदेशमा आङ्शिक बदली

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव रहेको पाइएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम गरी तीनवटा प्रदेशका पहाडी भागमा आङ्शिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । मुलुकका अन्य भागमा भने मौसम सफा रहेको छ ।

आज (बुधबार) दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आङ्शिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । साथै आज राति कोशी प्रदेशका पहाडी भागमा आङ्शिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ ।

बिहीबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको तथा त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आङ्शिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register