म्याग्नसले ल्यायो स्टेराइल प्लान्ट, इन्जेक्टेबल, आँखा र नाकको ड्रप बनाउने

वीरगञ्ज। म्याग्नस फर्माले सय करोडको थप लगानीमा स्टेराइल प्लान्ट निर्माण गरेको छ। १५ वर्ष देखि विभिन्न औषधी उत्पादन गर्दै आएको म्याग्नसले यस प्लान्टबाट विभिन्न रोगको उपचारमा प्रयोग हुने प्यारेन्टल, इन्जेक्टेबल, लियोफ़िलाइज़्ड पाउडर तथा आँखा र नाकको ड्रप उत्पादन गर्ने भएको हो। यसबारे जानकारी दिन आज विरगंजमा आयोजित पत्रकार सम्मेलनमा म्याग्नस फर्माका म्यानेजिङ डाइरेक्टर शुधिर प्रकाश […]

Mar 5, 2025 - 00:46
 0
म्याग्नसले ल्यायो स्टेराइल प्लान्ट, इन्जेक्टेबल, आँखा र नाकको ड्रप बनाउने

वीरगञ्ज।

म्याग्नस फर्माले सय करोडको थप लगानीमा स्टेराइल प्लान्ट निर्माण गरेको छ। १५ वर्ष देखि विभिन्न औषधी उत्पादन गर्दै आएको म्याग्नसले यस प्लान्टबाट विभिन्न रोगको उपचारमा प्रयोग हुने प्यारेन्टल, इन्जेक्टेबल, लियोफ़िलाइज़्ड पाउडर तथा आँखा र नाकको ड्रप उत्पादन गर्ने भएको हो।

यसबारे जानकारी दिन आज विरगंजमा आयोजित पत्रकार सम्मेलनमा म्याग्नस फर्माका म्यानेजिङ डाइरेक्टर शुधिर प्रकाश मास्केले नेपालको औषधी स्टेराइल प्लान्टमा ठुलो लगानी र सानो बजार हुदा हुदै पनि चुनौती बिचको अवसरलाई लिन नयाँ काम शुरु गरेको बताए।

उनले भने “नेपाली उद्योगको चालिस वर्षको इतिहासमा हाल हामी अप्ठेरो परिस्थितीमा गुज्रिरहेका छौ। तर हामीले केही अप्टिमिष्टहरुको टिमले १०० करोडको लगानी थपेका छौ। त्यसैले हामीले सावधानी पूर्वक चुनौतीको सामना गरी यसलाई अवसरमा बदल्ने प्रयास गरेका हौँ।”

उनका अनुसार क्रिटिकल केयर, पेन मेनेजमेन्ट, न्युरो, साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया आदिका प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु बनाउन लागिएको हो। विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास या भनौ डब्लुएचओ जीएमपी तथा विभिन्न अन्तराष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक स्टेराइल प्लान्ट निर्माण भइसकेको र २०८२ को वैषाख देखि उत्पादन शुरु गर्ने जानकारी दिए। पत्रकार सम्मेलनअघि उक्त प्लान्ट भ्रमण गराइएको थियो।

प्लान्टमा प्रयोग प्रविधि, उत्पादन प्रद्धति र प्रणालीबारे जानकारी दिइएको थियो। फर्माको क्वालिटी विभागका कमलेश कुमार यादवका अनुसार यो त्यस्तो विशेष प्रकारको उत्पादन प्लान्ट हो, जहाँ कुनै पनि प्रकारको जीवाणु, किटाणु, भाइरस तथा त्यसको अवयव रहित औषधि बनाउने प्रक्रिया हो। उनले भने, ‘यो सिधै ब्लडमा जाने भएकाले ब्लड जस्तै शुद्ध बनाउनुपर्छ। हामीले नेपालमा पहिलोपटक यस्ता औषधी बनाउने प्रयास गरेका छौं।‘

कम्पनीकी चिफ एक्जुक्युटिभ मञ्जुली श्रेष्ठले म्याग्नस तीव्र गतिमा विकास भएको कम्पनी रहेको बताउँदै नयाँ बेञ्चमार्क तय गर्दै अघि बढिरहेको बताइन्। उनले भनिन्, ‘म्याग्नस फर्मा सन् २००७ मा स्थापना भएर सन् २००९ देखि औषधि उत्पादन गर्न सुरु गरेको कम्पनी हो। बिगत १६ वर्षको अवधिमा म्याग्नस फर्मा देशकै एक प्रमुख प्रतिष्ठित औषधि उत्पादकका रुपमा स्थापित छ । हामीले ५ वटा औषधिहरु नेपाली बजारमानै पहिलो पटक र ३४ भन्दा बढी प्रकारका औषधिहरु पहिलो पटक नेपालमा उत्पादन गरेका छौं।‘

फर्माका अध्यक्ष सन्दिप तुल्सियानले म्याग्नस फर्माले अहिलेसम्म २०७ प्रकारका ओएसडी औषधिहरु ल्याइसकेको तथा यसको गुणस्तरीयता र विश्वसनीयता बजारमा स्थापित भैसकेको बताए। ‘अब आउन लागेको इन्जेक्टेबल औषधिहरु देशको स्वास्थ्य क्षेत्रको लागि अत्यावश्यक औषधिहरूमा पर्दछ। यी आउन लागेको औषधिहरुले गुणस्तरमा कुनै सम्झौता नगरिकन, देशको औषधि आयात लाई प्रतिस्थापन गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘यस अवसरमा म हाम्रो संस्थापक साथीहरु, कर्मचारी साथीहरु, सरकार, औषधि व्यवस्था विभाग तथा स्वास्थ्य क्षेत्रमा कलम चलाई रहनु भएका पत्रकार साथीहरु प्रति सहयोग र सद्भावना का लागि आभार व्यक्त गर्न चाहन्छु।‘

फर्मा प्राविधिक निर्देशक सर्वोत्तम गिरिले आउँदै गरेको इन्जेक्टेबल प्लान्टको उद्घाटन नजिकिदै गर्दा आफू अत्यन्त उत्साहित र आशावादी भएको बताए। उनले थपे, ‘यो हाम्रो लागि एउटा महत्वपूर्ण क्षण हो। इन्जेक्टेबल औषधि निर्माण प्रक्रिया अत्यन्त संवेदनशील विधा भएकोले यसमा अपनाइने निर्माण प्रबिधि तथा नियमन मापदण्डहरु प्रति हामी अत्यन्त सजग तथा चनाखो छौं। नेपालको औषधि उद्योगमा यो इन्जेक्टेबल प्लान्ट एउटा कोसेढुङ्गा साबित हुने कुरामा हामी ढुक्क छौं।‘ सम्पूर्ण प्राविधिक टिमले यसलाई चुनौती र अवसर दुबैका रुपमा लिएको बताए।

कम्पनीका प्रबन्ध निर्देशक मास्केले अहिले उद्योग क्षेत्रमा चुनौतीको चाङ रहेको बताउँदै त्यसलाई छिचोल्दै अघि बढ्ने उद्देश्य अनुरुप नयाँ प्लान्ट निर्माण गरिएको बताए। उनले भने, ‘जिब्रो हैन, हात चलाउ’ भन्ने उक्तिलाई पछ्‌याउँदै तमाम कठिनाइ, बाधा, अवरोधका बाबजुद हामी इन्जेक्टेबल प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेका छौँ । गुणस्तरीय तथा सुरक्षित औषधी प्रयोग गर्न पाउनु प्रत्येक नेपालीको मौलिक अधिकार हो ।

यसै सूत्रलाई ध्यानमा राख्दै औषधिको गुणस्तरीयतामा कुनै सम्झौता नगरिएको र नगरिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं।‘ यसले देशको स्वास्थ्य क्षेत्रमा ठोस योगदान पुर्‍याउनुका साथै औद्योगीक विकास तथा रोजगारी सृजनामा समेत सकारात्मक योगदान पुऱ्याउने अपेक्षा गरेको उनको भनाइ छ।

वित्तिय निर्देशक विनित लोहिया उक्त प्लान्ट र अत्याधुनिक वेयरहाउस गरेर थप एक अर्ब भन्दा बढीको लगानी गरिसकेको बताउँछन्। ‘हामीले उच्च गुणस्तरको औषधि उत्पादनको लागि कुनै सम्झौता नगरिकन लगानी गरेका छौं। देशको वर्तमान सिथिल अर्थतन्त्र तथा रोजगारी प्रवर्धनमा थोरै भएपनि टेवा पुग्ने विश्वास लिएका छौं,’ लोहियाले भने।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register