चार वर्षदेखि अड्किएको संवैधानिक आयोग नियुक्ति विवादको आज सुनुवाइ

काठमाडौं । संसदीय सुनुवाइ बेगर संवैधानिक आयोगका पदाधिकारीहरू नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाइ हुने भएको छ । तत्कालीन प्रधानमन्त्री  केपी शर्मा ओली नेतृत्वको सरकारका बेला गरिएको विवादास्पद नियुक्तिमाथि संवैधानिक इजलासमा सुनुवाइ तोकिएको हो । सुनुवाइमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै न्यायाधीशहरू सम्मिलित संवैधानिक इजलासले नियुक्ति विवादमाथि सुनुवाइ गर्नेछ । प्रधानमन्त्री ओलीले दुई पटक अध्यादेश जारी […]

Mar 5, 2025 - 04:05
 0
चार वर्षदेखि अड्किएको संवैधानिक आयोग नियुक्ति विवादको आज सुनुवाइ
काठमाडौं । संसदीय सुनुवाइ बेगर संवैधानिक आयोगका पदाधिकारीहरू नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाइ हुने भएको छ । तत्कालीन प्रधानमन्त्री  केपी शर्मा ओली नेतृत्वको सरकारका बेला गरिएको विवादास्पद नियुक्तिमाथि संवैधानिक इजलासमा सुनुवाइ तोकिएको हो ।
सुनुवाइमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै न्यायाधीशहरू सम्मिलित संवैधानिक इजलासले नियुक्ति विवादमाथि सुनुवाइ गर्नेछ ।
प्रधानमन्त्री ओलीले दुई पटक अध्यादेश जारी गरी संसद् विघटन गर्दै संवैधानिक आयोगहरूमा कुल ५३ जना पदाधिकारीलाई नियुक्त गरेका थिए ।
नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा, सुलभ खरेल, समृत खरेल, निशान्तबाबु खड्का, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट दायर गरेका थिए । नियुक्तिहरू संविधानको मर्मविपरीत रहेको भन्दै नियुक्तिविरुद्ध परेका १५ वटा रिट निवेदनलाई एकैठाउँ राखेर सुनुवाइ हुने भएको हो ।
सुनुवाइमा मुख्यतः संवैधानिक परिषद्को अध्यादेशमार्फत गरिएका नियुक्तिहरूको वैधानिकता, संसदीय सुनुवाइ बिना गरिएका पदाधिकारी नियुक्तिहरूमा केन्द्रित हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register