अब कम्पनी दर्ता गर्न सरकारी कार्यालय धाउनु नपर्ने, सबै काम अनलाइनबाटै ! 

काठमाडौँ । अबदेखि कम्पनी दर्ता सम्बन्धी सबै काम अनलाइनबाटै हुने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रुपमा कार्यान्वयमा ल्याएसँगै अब कम्पनी दर्ता सम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने भएको हो ।  यतिसम्म कि यो प्रणाली (कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली) को प्रयोग गरेर कम्पनी दर्ता मात्र होइन, खारेजीसम्मका सम्पूर्ण प्रक्रिया […]

Mar 5, 2025 - 04:02
 0
अब कम्पनी दर्ता गर्न सरकारी कार्यालय धाउनु नपर्ने, सबै काम अनलाइनबाटै ! 

काठमाडौँ । अबदेखि कम्पनी दर्ता सम्बन्धी सबै काम अनलाइनबाटै हुने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रुपमा कार्यान्वयमा ल्याएसँगै अब कम्पनी दर्ता सम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने भएको हो । 

यतिसम्म कि यो प्रणाली (कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली) को प्रयोग गरेर कम्पनी दर्ता मात्र होइन, खारेजीसम्मका सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने भएको छ ।

योसँगै अब कम्पनी दर्ता तथा खारेजीका लागि सरकारी कार्यालय धाइरहनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । यो प्रणालीमार्फत कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदन प्रणालीबाटै स्वचालित रुपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम, स्वीकृति र कम्पनी दर्ताका निवेदन एक तहबाट टुँगो लगाउने व्यवस्था मिलाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

प्रणाली कार्यान्वयनमा ल्याएसँगै अब कम्पनी स्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी कामका लागि भौतिक रुपमा कार्यालयमै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने र सेवा सहज हुने मन्त्रालयको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register