अमेरिकाबाट देश निकाला हुने नेपालीको संख्या ३७ पुग्यो 

काठमाडौँ । अमेरिकाबाट देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ ।  बुधबार बिहान मात्रै अमेरिकाले चार्टर विमानमार्फत ८ जना नेपालीलाई काठमाडौँ ल्याएर छोडिदिएको छ । यसरी अमेरिकाले नेपाल ल्याएर छोडेकाहरुमा एक जना महिला र सात जना पुरुष छन् ।  कागजात बिना अवैध रुपमा अमेरिकामा बस्दै आएका उनीहरुलाई अमेरिकाले चार्टर विमानमार्फत नेपाल ल्याएको हो । […]

Mar 5, 2025 - 07:32
 0
अमेरिकाबाट देश निकाला हुने नेपालीको संख्या ३७ पुग्यो 

काठमाडौँ । अमेरिकाबाट देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । 

बुधबार बिहान मात्रै अमेरिकाले चार्टर विमानमार्फत ८ जना नेपालीलाई काठमाडौँ ल्याएर छोडिदिएको छ । यसरी अमेरिकाले नेपाल ल्याएर छोडेकाहरुमा एक जना महिला र सात जना पुरुष छन् । 

कागजात बिना अवैध रुपमा अमेरिकामा बस्दै आएका उनीहरुलाई अमेरिकाले चार्टर विमानमार्फत नेपाल ल्याएको हो । उक्त विमान बुधबार बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

उक्त विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौँ आएको हो । योसँगै अवैध रुपमा अमेरिकामा बस्दै आएका आप्रवासी निष्कासन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । नेपालीलाई लिएर आएको अमेरिकी विमानले नेपालबाट अमेरिकी नागरिक लिएर जानेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register