ट्रम्पले इरानका सर्वोच्च नेता खामेनीको हत्या गर्ने इजरायलको योजना अस्वीकार गरेको खुलासा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गर्ने योजना अस्वीकार गर्न भनेको अमेरिकी अधिकारीहरूले खुलासा गरेका छन्। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई तीन अमेरिकी अधिकारीहरूले दिएको जानकारीअनुसार, ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग खामेनीको हत्या ‘राम्रो विचार नभएको’ बताएका थिए। यो कुराकानी इजरायलले शुक्रबार इरानमाथि आक्रमण गरेपछि भएको बताइएको […]

Jun 16, 2025 - 02:44
 0
ट्रम्पले इरानका सर्वोच्च नेता खामेनीको हत्या गर्ने इजरायलको योजना अस्वीकार गरेको खुलासा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गर्ने योजना अस्वीकार गर्न भनेको अमेरिकी अधिकारीहरूले खुलासा गरेका छन्।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई तीन अमेरिकी अधिकारीहरूले दिएको जानकारीअनुसार, ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग खामेनीको हत्या ‘राम्रो विचार नभएको’ बताएका थिए।

यो कुराकानी इजरायलले शुक्रबार इरानमाथि आक्रमण गरेपछि भएको बताइएको छ। यद्यपि, राष्ट्रपति ट्रम्पले यस रिपोर्टबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।

फक्स न्यूजसँगको एक अन्तर्वार्तामा नेतन्याहूले ट्रम्पले आयातोल्लाहको हत्या गर्ने योजनालाई रोकेको रोयटर्सको रिपोर्टलाई प्रत्यक्ष रूपमा पुष्टि वा अस्वीकार गरेनन्। उनले भने, ‘नभएका कुराकानीका धेरै गलत रिपोर्टहरू छन् र म त्यसमा प्रवेश गर्न चाहन्न।’

एक इजरायली अधिकारीले सीबीएसलाई भने  सैद्धान्तिक रूपमा इजरायलले  राजनीतिक नेताहरूको हत्या गर्दैन, हामी आणविक र सैन्यमा केन्द्रित छौं। ती कार्यक्रमहरूको बारेमा निर्णय गर्ने कोही पनि स्वतन्त्र र सजिलै बाँच्नु हुँदैन ।’

इजरायलले शुक्रबार इरानी आणविक पूर्वाधार र अन्य लक्ष्यहरूमा पहिलो आक्रमण गरेको थियो। त्यसबेलादेखि दुई देशले एकअर्कामाथि ठूलो मात्रामा आक्रमण गरिरहेका छन्, आइतबारसम्म आक्रमण तेस्रो दिनमा प्रवेश गरेको थियो।

मध्यपूर्वमा बढ्दो तनावबारे ट्रम्पले ट्रुथ सोसलमा पछिल्लो पोस्टमा ‘इरान र इजरायलले सम्झौता गर्नुपर्छ’ भन्दै, आफूले ‘भारत र पाकिस्तानलाई मिलाएजस्तै’ दुई देशलाई शत्रुता बन्द गराउने बताएका छन् ।

जी ७ शिखर सम्मेलनका लागि क्यानडा प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इजरायललाई समर्थन गरिरहने बताए र इजरायललाई इरानमाथि आक्रमण रोक्न भनेको हो वा होइन भनी बताउन अस्वीकार गरे।

अमेरिका-इरान आणविक वार्ताको अर्को चरण सुरुमा आइतबारका लागि तय गरिएको थियो, तर मध्यस्थकर्ता ओमानका विदेशमन्त्री बदर अल्बुसईदीले एक दिनअघि नै रद्द भएको घोषणा गरेका थिए।

इरानले इजरायली आक्रमणमा परिरहेको बेला युद्धविराम वार्ताका लागि तयार नरहेको बताएको छ । ट्रम्पले शनिबार  इरानमाथिको आक्रमणमा अमेरिकाको कुनै हात नभएको बताएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register