प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीको बेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्व आशनमा उभिएर गरिएको बिरोध कायमै राखिरहेको बखतका बाबजुद पनि शुक्रबारवाट संसद सुचारू गरिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले […]

Jun 16, 2025 - 02:22
 0
प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्व आशनमा उभिएर गरिएको बिरोध कायमै राखिरहेको बखतका बाबजुद पनि शुक्रबारवाट संसद सुचारू गरिएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्न प्रस्ताव पेस गरे पछि त्यसमा हिजो देखी सुरू भएको सामान्य छलफल जारी रहने र अर्थमन्त्री पौडेलले जवाफ दिने कार्यसुची रहेको छ ।

उता, अर्थ मन्त्री पौडेलले आजको बैठकमा ‘बिनियोजन बिधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्ने तथा ‘राष्ट्र ऋण उठाउने बिधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।

साथै, आजको बैठकमा ‘संबैधानिक परिषद ९काम, कर्तब्य, अधिकार र कार्यबिधी० सबन्धी ९पहिलो संसोधन० बिधेयक, २०७९ सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register