सेयर बजारमा २५ अङ्कको गिरावट 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा २५ अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २५ दशमलव १६ अङ्कले घटेर २८२१ दशमलव १३ को विन्दुमा पुगेको छ । आज ३०८ कम्पनीका एक लाख एक हजार ६०३ पटकको कारोबारमा २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर खरिद बिक्री भएको छ । […]

Mar 5, 2025 - 09:47
 0
सेयर बजारमा २५ अङ्कको गिरावट 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा २५ अङ्कको गिरावट आएको छ ।

आज नेप्से परिसूचक २५ दशमलव १६ अङ्कले घटेर २८२१ दशमलव १३ को विन्दुमा पुगेको छ ।

आज ३०८ कम्पनीका एक लाख एक हजार ६०३ पटकको कारोबारमा २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँ रहेको छ ।

६२ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये व्यापार समूह बढ्दा अन्य राताम्मे छन् । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register