एन्सेलोट्टी भन्छन् – एमबाप्पेले क्लबमा चाँडै रोनाल्डोको स्थान लिनेछन्
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक कार्लो एन्सेलोट्टीले युवा स्टार केलियन एमबाप्पेले क्लबमा चाँडै पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिने विश्वास व्यक्त गरेका छन् । बिहीबार यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध एमबाप्पेले ह्याट्रिक गरेपछि एन्सेलोट्टीले यस्तो बताएका हुन् । खेलपछि उनले भने, “एमबाप्पे निकै क्षमतावान् खेलाडी हुन् । मलाई विश्वास छ, उनले क्लबमा एक […]

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक कार्लो एन्सेलोट्टीले युवा स्टार केलियन एमबाप्पेले क्लबमा चाँडै पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध एमबाप्पेले ह्याट्रिक गरेपछि एन्सेलोट्टीले यस्तो बताएका हुन् ।
खेलपछि उनले भने, “एमबाप्पे निकै क्षमतावान् खेलाडी हुन् । मलाई विश्वास छ, उनले क्लबमा एक दिन रोनाल्डोको स्थान लिनेछन् । तर, यसका लागि उनले थप परिश्रम गर्नु आवश्यक छ । किनभने रोनाल्डोले क्लबमा हासिल गरेको उपलब्धि निकै उच्च छ ।”
२६ वर्षीय स्ट्राइकर एमबाप्पे सन् २०२४ मा रियलमा आबद्ध भएका थिए ।
त्यसअघि उनले लामो समय फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट व्यावसायिक फुटबल खेलेका थिए । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक पोर्चुगिज स्टार रोनाल्डो भने सन् २०१८ मा रियलबाट बाहिरिएका थिए ।
नौ वर्ष रियल मड्रिडमा बिताएका रोनाल्डोले क्लबका लागि चार सयभन्दा बढी गोल गरेका थिए । उनी रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।
What's Your Reaction?






