दक्षिण कोरियाली लडाकु विमानले ८ बम खसाल्यो, ७ जना घाइते
काठमाडौं । दक्षिण कोरियाली वायुसेनाको विमानले सैन्य अभ्यासका क्रममा गल्तिले सर्वसाधारणमाथि आठ बम खसालेको छ। यस घटनामा सात जना घाइते भएका छन्, जसमध्ये चार जना गम्भीर घाइते भएको बीबीसीले उल्लेख गरेको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार घटनामा दुई जनाको घाँटी र काँध भाँचिएको छ। वायुसेनाको केएफ-१६ विमानसँग सम्बन्धित घटना स्थानीय समयअनुसार बिहान १०:०४ बजे उत्तर कोरियाली […]

काठमाडौं । दक्षिण कोरियाली वायुसेनाको विमानले सैन्य अभ्यासका क्रममा गल्तिले सर्वसाधारणमाथि आठ बम खसालेको छ।
यस घटनामा सात जना घाइते भएका छन्, जसमध्ये चार जना गम्भीर घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
स्थानीय सञ्चारमाध्यमकाअनुसार घटनामा दुई जनाको घाँटी र काँध भाँचिएको छ।
वायुसेनाको केएफ-१६ विमानसँग सम्बन्धित घटना स्थानीय समयअनुसार बिहान १०:०४ बजे उत्तर कोरियाली सीमा नजिकै रहेको पोचियोन शहरमा भएको थियो।
दुर्घटनावश खसेका आठवटा बममध्ये एउटा मात्र बम विस्फोट भएको विश्वास गरिन्छ।
पोचियोनका अधिकारीकाअनुसार बम डिस्पोजल टोलीले अन्य सात बमलाई सुरक्षित रूपमा निष्क्रिय पार्न काम गरिरहेको छ।
आसपासका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
What's Your Reaction?






