नेपाल बारमा सत्तारुढ र प्रतिपक्षी दुवैका गठबन्धन

काठमाडाैं । नेपाल बार एशोसियसनको चुनावमा सत्तापक्ष र प्रतिपक्षी दुबैले गठबन्धन बनाएका छन् । सत्तारुढ नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धनबाट डेमोक्रेटिक लयर्स एशोसियसन (डीएलए)का विजयप्रसाद मिश्र अध्यक्षका उम्मेदवार छन् भने महासचिवमा प्रोगेसिभ लयर्स एशोसियसन (पीएलए) का केदार कोइराला उम्मेदवार छन् । विपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्र निकट प्रोगेसिभ प्रोफेसनल लयर्स एशोसियसन (पीपीएलए)का रमण श्रेष्ठले […]

Mar 6, 2025 - 07:50
 0
नेपाल बारमा सत्तारुढ र प्रतिपक्षी दुवैका गठबन्धन

काठमाडाैं । नेपाल बार एशोसियसनको चुनावमा सत्तापक्ष र प्रतिपक्षी दुबैले गठबन्धन बनाएका छन् । सत्तारुढ नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धनबाट डेमोक्रेटिक लयर्स एशोसियसन (डीएलए)का विजयप्रसाद मिश्र अध्यक्षका उम्मेदवार छन् भने महासचिवमा प्रोगेसिभ लयर्स एशोसियसन (पीएलए) का केदार कोइराला उम्मेदवार छन् ।

विपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्र निकट प्रोगेसिभ प्रोफेसनल लयर्स एशोसियसन (पीपीएलए)का रमण श्रेष्ठले उम्मेदवारी दिएका छन् । महासचिवमा भने रास्वपा निकट स्वतन्त्र कानुन व्यवसायी मञ्चका यज्ञमणि न्यौपानेको उम्मेदवारी छ । यस गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष लिएको छ ।

बारको चुनाव आगामी चैत २३ मा हुँदैछ । यस चुनावले २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । चुनावका लागि उम्मेदवारी दर्ताको अन्तिम म्याद फागुन २२ तोकिएको छ । बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गर्नसकिने निर्वाचन समितिले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register