उदयपुरमा एसईईका ५,८८९ विद्यार्थी २७ परीक्षा केन्द्र निर्धारण

उदयपुर । उदयपुरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि २७ वटा परीक्षा केन्द्र निर्धारण भएको छ । आउँदो चैत ५ गतेदेखि हुने एसईई परीक्षाका लागि २७ वटा परीक्षा केन्द्र निर्धारण भएको हो। जसमा जिल्लाका सबै ठूला सामुदायिक विद्यालयहरुमा परीक्षा केन्द्र राखिएको छ । जिल्लाको त्रियुगा मावि गाईघाट, त्रिवेणी मावि कटारी, ज्योती मावि बेल्टार, जनता मावि […]

Mar 6, 2025 - 11:46
 0
उदयपुरमा एसईईका ५,८८९ विद्यार्थी २७ परीक्षा केन्द्र निर्धारण

उदयपुर ।

उदयपुरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि २७ वटा परीक्षा केन्द्र निर्धारण भएको छ । आउँदो चैत ५ गतेदेखि हुने एसईई परीक्षाका लागि २७ वटा परीक्षा केन्द्र निर्धारण भएको हो।


जसमा जिल्लाका सबै ठूला सामुदायिक विद्यालयहरुमा परीक्षा केन्द्र राखिएको छ । जिल्लाको त्रियुगा मावि गाईघाट, त्रिवेणी मावि कटारी, ज्योती मावि बेल्टार, जनता मावि गुरुङचौरी, अम्बेर जनता मावि राजाबास, लगाएतका २६ बिद्यालयमा २७ वटा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले जनाएको छ ।


नियमित तर्फका ५ हजार १ सय ७० जना नियमित र ७ सय १९ जना ग्रेडबृद्धि तर्फका विद्यार्थीहरुले यस बर्ष एसइइमा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाई उदयपुरका प्रमुख भवानी कट्टेलले जानकारी दिनु भयो ।
इकाइ प्रमुख कट्टेलका अनुसार सबै भन्दा रेगुलर तर्फका विद्यार्थी जनता मावि गुरुङचौरीमा ३ सय २२ जना रहेका छन भने सबै भन्दा कम महेन्द्र मावि बाराहामा ९० जनाको लागि केन्द्र निर्धारण गरिएको छ ।

जिल्लाका विद्यालयहरु मध्ये त्रियुगा मावि गाईघाटबाट २ सय १९ जना र प्राविधिक धारका ३० जना गरी २ सय ४९ जनाले एसईइमा भाग लिने छन । भने सबै भन्दा कम बेल्टार ज्योती माविमा केन्द्र रहेको बुद्ध निकेतन ईङलिस बोडिङ स्कुलबाट ४ जनाले मात्र एसइइ दिने छन ।


जिल्ला भरकै प्राविधिक धार तर्फको परीक्षा केन्द्र जनता मावि देउरीलाई कायम गरिएको छ । जसमा प्राविधिक धार अध्यापन पन हुने जिल्लाका सबै विद्यालयको परिक्षा केन्द्र रहेको छ । जिल्लामा त्रियुगा मावि गाईघाट, त्रिवेणी मावि कटारी, नारद आदर्शमावि बसाहा, महेन्द्र रत्न मावि रुपाटार, जनता मावि गुरुङचौरी, मावि बलम्ता, र मावि मुकुर्चीको गरी एक सय ५० जना प्राविधिक धारका विद्यार्थीले परिक्षामा सहभागिता जनाउने छ ।


त्यसैगरी अम्मेबर जनता मावि राजबासमा ग्रेडबृद्धि तर्फका विद्यार्थीहरुलाई परिक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेडबृद्धि तर्फका ७ सय १९ जना विद्यार्थीलाई क र ख गरेर दुई परिक्षा केन्द्र कायम गरिएको प्रमुख कट्टेलले जानकारी दिनु भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register