छाप्रामा बसेको वर्षपछि ११ वर्षपछि सेमजोङमा प्रहरी चौकी उद्घाटन

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर ३ सेमजोङमा ११ वर्षसम्म छाप्रामा बसेको नेपाल प्रहरीले अब पक्की भवन पाएको छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामीछाने र बागमती प्रदेश प्रही प्रहरी नायव महानीरिक्षक कृष्णहरी शर्माले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । भवन उद्घाटनसंगै प्रहरी चौकी सेमजोङको सेवा समेत सोहि […]

Mar 6, 2025 - 11:19
 0
छाप्रामा बसेको वर्षपछि ११ वर्षपछि सेमजोङमा प्रहरी चौकी उद्घाटन

धादिङ ।

धादिङको नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर ३ सेमजोङमा ११ वर्षसम्म छाप्रामा बसेको नेपाल प्रहरीले अब पक्की भवन पाएको छ ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामीछाने र बागमती प्रदेश प्रही प्रहरी नायव महानीरिक्षक कृष्णहरी शर्माले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । भवन उद्घाटनसंगै प्रहरी चौकी सेमजोङको सेवा समेत सोहि भवनबाट सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

११ वर्षअघि सेमजोङमा शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरी चौकी स्थापना गरिएको थियो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्राल १ करोड ६४ लाख ३१ हजार २ सय ४१ को लागतमा प्रहरी चौकी सेमजोङ, धादिङको भौतिक संरचनाको निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।

दुई चरणमा निर्माण गरेर भवन निर्माण भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिनियोजन गरेको ७१ प्रहरी संरचनाहरुको निर्माण, मर्मत सम्भार गरि हालसम्म ६८ वटा प्रहरी इकाइहरुको निर्माण सम्पन्न भई समुद्घाटन समेत भएको तथा ३ वटा निर्माणाधिन अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्री लामीछानेले बताउनुभयो ।

नवनिर्मित भवनको भुई तल्लामाकार्यालय प्रमूख कक्ष, छुट्टा छुट्टै शौचालय सुविधा सहितकोछुट्टाछुट्टै महिलारपुरुष हिरासत कक्ष र गार्ड रुम सहित ४ वटा कोठाहरू ११५ डबर्ग मिटरमा ब्यवस्थापन गरीएकोछ भने यसै भवनको पहिलो तल्लामा छुट्टा छुट्टै शौचालय सुविधा सहित महिला व्यारेक १ वटा, पुरुष ब्यारेक २ वटा र मनोरञ्जन कक्ष समेत रहेको छ

कार्यक्रममा नेत्रावती डबजोङ गाउँ पालिका अध्यक्ष मेघनाथ रिजाल, निमित्त प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही, नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश तामाङ लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register