कचनकवलमा ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियान
बनियानी, २२ बनियानी । कचनकवल गाउँपालिकाले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियानअन्तर्गत लागू पदार्थ दुर्व्यसनी नियन्त्रणका लागि आमा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। यस अभियान अन्तर्गत गाउँपालिकाले (भोलि) शुक्रबार बिहान ११ बजे गाउँ कार्यपालिकाको सभाहल, बनियानीमा वृहत कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा सम्पूर्ण स्वास्थ्य स्वयंसेविका, शिक्षिका, सामाजिक अगुवा व्यक्तिलगायतलाई सहभागिता जनाउन [...] The post कचनकवलमा ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियान appeared first on Jhapa Online.

बनियानी, २२ बनियानी । कचनकवल गाउँपालिकाले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियानअन्तर्गत लागू पदार्थ दुर्व्यसनी नियन्त्रणका लागि आमा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
यस अभियान अन्तर्गत गाउँपालिकाले (भोलि) शुक्रबार बिहान ११ बजे गाउँ कार्यपालिकाको सभाहल, बनियानीमा वृहत कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा सम्पूर्ण स्वास्थ्य स्वयंसेविका, शिक्षिका, सामाजिक अगुवा व्यक्तिलगायतलाई सहभागिता जनाउन कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टर्राईले अनुरोध गर्नुभएको छ।
हालका दिनहरूमा युवामा लागू पदार्थ दुर्व्यसनको समस्या बढ्दै गइरहेको छ, जसले आत्महत्या, अपराधिक गतिविधि तथा सामाजिक विकृतिहरू निम्त्याएको छ। यस समस्यालाई न्यूनीकरण गर्न कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ‘दुर्व्यसनविरुद्ध आमाहरू’ कार्यक्रम प्रारम्भ गरेको हो। आमाहरू आफ्ना बालबालिकासँग प्रत्यक्ष रूपमा जोडिने भएकाले उनीहरूलाई सचेत पारेर लागू पदार्थ नियन्त्रण गर्न अभियानको थालनी गरिएको बताइएको छ।
उक्त कार्यक्रम दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा गाउँपालिका स्तरीय वृहत कार्यक्रम आयोजना हुनेछ भने दोस्रो चरणमा लागू पदार्थ दुरुपयोगका दृष्टिले बढी प्रभावित १० स्थानमा आमाहरूलाई सहभागी गराएर सचेतनामूलक कार्यक्रम गरिनेछ।
The post कचनकवलमा ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियान appeared first on Jhapa Online.
What's Your Reaction?






