रास्वपा सांसद शिशिर खनालको प्रश्न- ‘सरकारले फरार जीबी राईलाई खोजिरहेको छ कि छैन ?’ 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सरकारले गितेन्द्रबाबु (जीबी) राईलाई खोजिरहेको छ कि छैन ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद खनालले यस्तो प्रश्न गरेका हुन् ।  सहकारी ठगीका नाइकेसमेत रहेका गोर्खा मिडियाका अध्यक्ष राई लामो समयदेखि फरार छन् । तर, सहकारीको सबैभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेका […]

Mar 6, 2025 - 12:29
 0
रास्वपा सांसद शिशिर खनालको प्रश्न- ‘सरकारले फरार जीबी राईलाई खोजिरहेको छ कि छैन ?’ 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सरकारले गितेन्द्रबाबु (जीबी) राईलाई खोजिरहेको छ कि छैन ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद खनालले यस्तो प्रश्न गरेका हुन् । 

सहकारी ठगीका नाइकेसमेत रहेका गोर्खा मिडियाका अध्यक्ष राई लामो समयदेखि फरार छन् । तर, सहकारीको सबैभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेका राई अझै पक्राउ परेका छैनन् । 

फरार रहेका राईको खोजीकार्यमा सरकारले बेवास्ता गरेको आरोप लगाउँदै सांसद खालले राईको खोजीकार्य भइरहेको छ कि छैन भन्दै सरकारलाई संसद्बाटै प्रश्न गरेका छन् । 

त्यस्तै, उनले सहकारी संसदीय विषेश छानविन समितिले रवि लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नरहेको भने पनि सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन् । उनले सकारले समितिको सिफारिस विपरित सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा समेत थपेको जिकिर गरेका छन् । 

अर्कोतर्फ सरकारले अझै एक जिल्लामा रवि लामिछानेविरुद्द मुद्दा दर्ता नगरी अल्झाइरहेको आरोप समेत लगाएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register