मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ। काठमाडौँको छुट्टाछुट्टै स्थानबाट शुक्रबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा आउनेमा मकवानपुरको कैलाश गाउँपालिका १० घर भई हाल काठमाडौंको माकलबारी बस्ने २२ वर्षीय विजय थिङ र काठमाडौँको बौद्ध बस्ने २८ वर्षीय चलान सिंह थिङ रहेका छन् । वास्तविक नम्बर बागमती प्रदेश ०२-०२७ प ८३ ३४ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी […]

Feb 1, 2025 - 09:18
 0
मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ।

काठमाडौँको छुट्टाछुट्टै स्थानबाट शुक्रबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा मकवानपुरको कैलाश गाउँपालिका १० घर भई हाल काठमाडौंको माकलबारी बस्ने २२ वर्षीय विजय थिङ र काठमाडौँको बौद्ध बस्ने २८ वर्षीय चलान सिंह थिङ रहेका छन् ।

वास्तविक नम्बर बागमती प्रदेश ०२-०२७ प ८३ ३४ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०३-०३३ प ३ ५५३ राखि काठमाडौंको चाबहिलमा विजयले चलाइरहेको अवस्था फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा उक्त मोटरसाइकल चलान सिंहबाट विजयले लिएको भन्ने खुल्न आएपछि उनलाई समेत ट्राफिक प्रहरीले काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिएको थियो ।

उक्त मोटरसाइकल अर्घाखाँची घर भएका आदर्श बेल्बासेले काठमाडौंको काठमाडौं महानगरपालिका ३२ पञ्चमुखीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्‍वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरीष्‍ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी वरीष्‍ठ उपरीक्षक घिमिरेले सम्पूर्णमा अनुरोध गरेका छन् । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register