‘श्राप’ दिन्छु भन्दै बजारबाट पैसा असुल्दै ‘तेस्रोलिंगी’
झापा, २३ फागुन । झापाको विभिन्न बजारहरूमा तेस्रोलिङ्गीहरूले पैसा माग्दै व्यापारी र सर्वसाधारणलाई दुख दिने गरेका छन् । व्यापारी र सर्वसाधारणहरूले तेस्रोलिंगीहरुबाट धेरै दबाब आउने गरेको गुनासो गरेका छन् । केही महिनादेखि बिर्तामोड क्षेत्रमा भाडामा बस्दै आएका तेस्रो लिङ्गीहरूले पसल–पसल र सर्वसाधारणहरूसँग दबाब दिदैं पैसा उठाउँदै आएका छन् । बजार क्षेत्र र सार्वजनिक यातायातमा पैसाका [...] The post ‘श्राप’ दिन्छु भन्दै बजारबाट पैसा असुल्दै ‘तेस्रोलिंगी’ appeared first on Jhapa Online.

झापा, २३ फागुन । झापाको विभिन्न बजारहरूमा तेस्रोलिङ्गीहरूले पैसा माग्दै व्यापारी र सर्वसाधारणलाई दुख दिने गरेका छन् । व्यापारी र सर्वसाधारणहरूले तेस्रोलिंगीहरुबाट धेरै दबाब आउने गरेको गुनासो गरेका छन् ।
केही महिनादेखि बिर्तामोड क्षेत्रमा भाडामा बस्दै आएका तेस्रो लिङ्गीहरूले पसल–पसल र सर्वसाधारणहरूसँग दबाब दिदैं पैसा उठाउँदै आएका छन् । बजार क्षेत्र र सार्वजनिक यातायातमा पैसाका लागि दबाब दिन थालेपछि कनकाईस्थित सुरुङा क्षेत्रमा स्थानीयवासीले सम्झाई बुझाई पठाएका छन् ।
सुरुङास्थित कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलीले तेस्रोलिंगीबाट सर्वसाधारणलाई धेरै हैरानी भइरहेको बताए । उनले तेस्रोलिंगीले सर्वसाधारण र व्यापारीहरूलाई धम्क्याउँदै पैसा माग्ने गरेको, धेरै पैसा मागेर दुख दिने गरेको जानकारी दिए । ओली भन्छन्, एउटा सर्वसाधारण मान्छेसँग ५ हजारसम्म माग्ने गरेका छन्, दिएन भने ‘श्राप’ दिन्छु भन्दै गालीगलौज गर्ने गरेका छन् ।
होटेल व्यवसायी समेत रहेका ओलीले सुरुङामा सम्झाउँदै भने – काम गर्ने हो भने काम दिन्छौँ । पैसा मागेर हिँड्ने काम बन्द गरियोस् । हुलहुल समूहमा हिँड्ने तेस्रोलिंगीहरुले पसलमा १०, २० रुपैयाँ दिँदा उल्टै गाली गरेर पैसा फालेर हिँड्ने गरेको व्यापारीहरूको गुनासो छ । पैसा माग्न आउनेलाई हामीले खुसी भएर दिने हो, एक व्यापारी भन्छन् – २, ३ सय देखि ५ सयसम्म पसलहरूमा माग्ने गरेका छन् ।
तेस्रोलिंगीलाई सम्झाएको भिडियो सार्वजनिक भएसँगै सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिएका छन् । शिक्षक लीला भण्डारीले लेखेका छन्, सामान्य माग्न पाइयो । तर तोकेर यति दे होइन भने भन्नु गलत हो । करेक्सन हुनुपर्छ । विवाह तिर गएर बेहुला र बेहुलीलाई दिक्दारी दिएर १० हजारसम्म लिने गरेका छन् । फरक क्षमता भएको हुँदा स्वैच्छिक दान स्विकार्नू पर्छ । त्यो पनि कहिलेकाहीँ ।
यस्तै, अमृता ताक्मादेनले नेपालमा तेस्रोलिङ्गीलाई खासै भेदभाव नभएको बताएकी छन् । दोकानमा आएर बोनी भएको हुँदैन भने जति दिएन भनेर सराप्दै जान्छन् । अहिले नेपालकाले पनि सिको गरेर निकै देखा पर्न थालेका छन् । यस्ता प्रवृत्तिलाई निरुत्साहित पार्न जति सक्दो कडा कदम चाल्न पर्छ ।
The post ‘श्राप’ दिन्छु भन्दै बजारबाट पैसा असुल्दै ‘तेस्रोलिंगी’ appeared first on Jhapa Online.
What's Your Reaction?






