भद्रपुरमा आगलागी, ५ लाख बढीको क्षति

झापा, २३ फागुन । भद्रपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान ५ बजे भद्रपुर नगरपालिका–९ शान्तिचोक बस्ने जगन्नाथ ढकालको टिनको छानो, टाटी बेरा भएको काठको २ तले घरमा आगलागी भएको हो । घरनजिकै रहेको गोठमा बालिएको आगोको झिल्काबाट सल्किएर भएको आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र [...] The post भद्रपुरमा आगलागी, ५ लाख बढीको क्षति appeared first on Jhapa Online.

Mar 7, 2025 - 08:07
 0
भद्रपुरमा आगलागी, ५ लाख बढीको क्षति

झापा, २३ फागुन । भद्रपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान ५ बजे भद्रपुर नगरपालिका–९ शान्तिचोक बस्ने जगन्नाथ ढकालको टिनको छानो, टाटी बेरा भएको काठको २ तले घरमा आगलागी भएको हो । घरनजिकै रहेको गोठमा बालिएको आगोको झिल्काबाट सल्किएर भएको आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत सम्पूर्ण सामान, एउटा बाख्रा , एउटा गाईको बाच्छी, कुखुरा ३० वटा जलेर नष्ट हुँदा अन्दाजी ५ लाख १९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो बिहान ६ः१५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । सोही घरनजिक रहेको गणेश ढकालको एकतले पक्की घरको झ्यालको ६ वटा सिसा फुटेको र मिटर बक्स जलेर नष्ट हुँदा अन्दाजी १८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

The post भद्रपुरमा आगलागी, ५ लाख बढीको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register