दन्त ब्रसबारे थाहा पाउनु पर्ने ६ कुराहरु

डा. दिपक ठाकुरपहिले हाम्रा पुर्खाहरू जङ्गलमा खाने कुराहरू सङ्कलन गरी र कहिले काहीँ शिकार गरेर आफ्नो जीवनयापन गर्थे। पछि मानव सभ्यताको विकास हुने क्रममा चामल, गहुँ, मकै जस्ता अन्नहरु पत्ता लाग्न थाल्यो । खानपान र काममा परिवर्तन हुन थाल्यो । जंगली कन्दमुल र शिकारमा निर्भर हाम्रा पूर्वजहरुको दैनिकी खेतीपातीमा केन्द्रीत हुन थाल्यो । खानपानमा भात, [...] The post दन्त ब्रसबारे थाहा पाउनु पर्ने ६ कुराहरु appeared first on Jhapa Online.

Mar 12, 2025 - 09:22
 0
दन्त ब्रसबारे थाहा पाउनु पर्ने ६ कुराहरु

डा. दिपक ठाकुर
पहिले हाम्रा पुर्खाहरू जङ्गलमा खाने कुराहरू सङ्कलन गरी र कहिले काहीँ शिकार गरेर आफ्नो जीवनयापन गर्थे। पछि मानव सभ्यताको विकास हुने क्रममा चामल, गहुँ, मकै जस्ता अन्नहरु पत्ता लाग्न थाल्यो । खानपान र काममा परिवर्तन हुन थाल्यो । जंगली कन्दमुल र शिकारमा निर्भर हाम्रा पूर्वजहरुको दैनिकी खेतीपातीमा केन्द्रीत हुन थाल्यो । खानपानमा भात, रोटी ढेडो हुन थाल्यो ।

जतिवेला जंगली कन्दमुल र शिकारमा निर्भर थियो त्यसबेला दाँत सम्वन्धि समस्या पनि थिएन वा दाँत माझ्ने आवश्यकता नै थिएन । तर अब खानपानमा बदलाव आएपछि दाँत सम्बन्धि समस्याहरू पनि देखिन थाल्यो । यी समस्याहरुको सभालाई रोक्न विभिन्न उपायहरुको खोजी हुन थाल्यो ।

हाम्रै देशमा पनि प्राचीनकालमा दतिउनले दाँत सफा गर्ने चलन थियो ।

दतिउन, निम, बास अथवा अन्य कुनै बोटको पातलो हाँगा जस्तो भाग प्रयोग गरिन्थ्यो। माथिको टुप्पो भागलाई केहीबेर दाँतले चपाएर फाइबर जस्तो रेघा बनाइन्थ्यो र त्यसपछि दाँत सफा गरिन्थ्यो। युरोपमा काठको दन्त पिक प्रयोग गरिन्थ्यो।

अहिलेको आधुनिक युगमा भने दन्त ब्रस उपलव्ध छ ।

दन्त ब्रसको आविष्कार चीनमा १६ औं शताब्दीमा मिङ राजाहरूको पालामा भएको मानिन्छ ।

त्यसपछि प्लास्टिक र नाइलनको प्रयोगले अमेरिकामा व्यवसायिक रुपमा उत्पादन सुरु भयो।

दन्त ब्रसबारे ध्यान दिनु पर्ने आवश्यक कुराहरू निम्न अनुसार छ–

१. ब्रसलाई प्रयोग गरिसकेपछि घाम लाग्ने ठाँउ अथवा सुख्खा ठाउँमा ट्वाइलेट भन्दा टाढा राख्ने।
२. राति खाना खाइसकेपछि अनिवार्य रुपमा दाँत ब्रस गर्ने ।
३. एसिडिक पेय पदार्थ जस्तै कोल्ड ड्रिंक्स, बियर वा अन्य पिएर ब्रस गर्नु हुँदैन तर सफा पानीले कुल्ला गर्ने।

४. सेन्सेटिभ दाँतकोलागी अल्ट्रा नरम ब्रसको प्रयोग गर्ने।
५. माउथवास प्रयोग गर्दा त्यसको अगाडि वा पछाडि १ घण्टा सम्म ब्रस नगर्ने।
६. शारीरिक रूपमा अशक्त तथा वृद्ध व्यक्तिहरूमा इलेक्ट्रीक वा पावरड दन्त ब्रस प्रयोग गर्ने।
डा. ठाकुर नेपाल मेडिकल कलेज जोरपाटीको कलेज अफ डेन्टल साइन्स एण्ड हस्पिटलमा सामाजिक तथा जनस्वास्थ्य दन्त विशेषज्ञको रुपमा कार्यरत छन् ।एजेन्सी

The post दन्त ब्रसबारे थाहा पाउनु पर्ने ६ कुराहरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register