पालिका स्तरीय हाजिरीजवाफमा क्व्होलासोथार प्रथम

लमजुङ । अखिल नेपाल महिला संघ जिल्ला कमिटिद्धारा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा क्व्होलासोथार गाँउकमिटि प्रथम भएकोे छ । महिला हिंसा अन्त्यका लागि घरमा सदस्य टोलटोलमा संगठन हाम्रो अभियान भन्ने नाराका साथ नेकपा एमाले पार्टी कार्यालयको भवनमा प्रतियोगिताता भएको हो ।प्रतियोगितामा […]

Mar 7, 2025 - 12:17
 0
पालिका स्तरीय हाजिरीजवाफमा क्व्होलासोथार प्रथम

लमजुङ ।

अखिल नेपाल महिला संघ जिल्ला कमिटिद्धारा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न प्रतियोगितामा क्व्होलासोथार गाँउकमिटि प्रथम भएकोे छ । महिला हिंसा अन्त्यका लागि घरमा सदस्य टोलटोलमा संगठन हाम्रो अभियान भन्ने नाराका साथ नेकपा एमाले पार्टी कार्यालयको भवनमा प्रतियोगिताता भएको हो ।
प्रतियोगितामा जिल्लाका पाँच पालिकाबाट पाँच टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा दोर्दी नगरकमिटि द्धितीय र बेसीशहर नगरकमिटि तृतिय भएको छ । सुन्दरबजार र मर्स्याङदीको टिम सान्त्वना भएको छ । प्रतियोगितामा प्रथमलाई पाँच हजार, द्धितियलाई तिन हजार, तृतियलाई दुई हजार र सान्त्वना भएका दुई टिमलाई नगद एक एक हजार सहित प्रमाण पत्र पुरस्कार दिइएको अनेम संघ लमजुङका अध्यक्ष पवित्र थापा राना मगरले बताउनु भएको ।

विभिन्न अतिरिक्त क्रियाकलापमा महिलाहरुलाई सहभागि गराई समुदायमा लैङ्गिक समानताको सन्देश दिने र सामुदायमा हुने विभिन्न क्रियाकलापहरुमा महिलाहरुको सहभागीतामा वृद्धि गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरीएको अनेम संघ लमजुङका उपाध्यक्ष बुनकुमारी रिमालले बताउनु भयो ।

कार्यक्रम अनेमा संघ जिल्ला कमिटिका अध्यक्ष पवित्र थापा रानाको अध्यक्षता एवं अनेम संघ केन्दिय स्थायी कमिटि सदस्य लक्ष्मी देवि अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमाको संचालन सचिव विमाला पौडेलले गर्नुभएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register