धनगढी पुगेर देउवाले भने : खै ! मैले त राजतन्त्रको पक्षमा केही माहोल देखेको छैन

धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले हाल नेपालमा राजतन्त्रको पक्षमा माहोल नभएको दाबी गरेका छन् । काङ्ग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनको उद्धाटनका लागि धनगढी पुगेका सभापति देउवाले सोमबार विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । ‘खै ! मैले त राजतन्त्रको पक्षमा केही माहोल देखेको छैन । हामी चुनाव जितेर आएका हौं, यसैले माहोल […]

Mar 10, 2025 - 07:03
 0
धनगढी पुगेर देउवाले भने : खै ! मैले त राजतन्त्रको पक्षमा केही माहोल देखेको छैन

धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले हाल नेपालमा राजतन्त्रको पक्षमा माहोल नभएको दाबी गरेका छन् । काङ्ग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनको उद्धाटनका लागि धनगढी पुगेका सभापति देउवाले सोमबार विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

‘खै ! मैले त राजतन्त्रको पक्षमा केही माहोल देखेको छैन । हामी चुनाव जितेर आएका हौं, यसैले माहोल दलहरूकै बढी छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन ०८४ सालको निर्वाचनसम्म नै यथावत रहने बताए । साथै उनले नेपाली काङ्ग्रेसको महाधिवेशन पनि समयमै हुने दाबी गरे ।

सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, दिलेन्द्र बडूलगायत पनि धनगढी पुगेका छन् । उनीहरूको स्वागतका लागि ठूलो सङ्ख्यामा नेता– कार्यकर्ता धनगढी विमानस्थलमा पुगेका थिए ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा हजारौंको सङ्ख्यामा त्रिभुन विमानस्थल पुगेका थिए ।

यसलाई लिएर गणतन्त्रवादीहरू तरङ्गित भइरहेका बेला देउवाले भने देशमा राजतन्त्रको माहोल नबनेको दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register