लमजुङमा औषधि पसलको अनुगमन, दक्ष स्वास्थ्यकर्मीको उपस्थिति न्यून

लमजुङ।  लमजुङको सदरमुकाम बेसीशहरमा रहेका औषधि पसल तथा फार्मेसीको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बेसीशहर बजार क्षेत्रमा सञ्चालित औषधि पसलको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला अस्पतालका चिकित्सक, करदाता सेवा कार्यालयका प्रमुख, बेसीशहर नगरपालिका, पर्यटन तथा उद्योगक कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षा कर्मी, पत्रकार सहितको […]

Mar 10, 2025 - 14:44
 0
लमजुङमा औषधि पसलको अनुगमन, दक्ष स्वास्थ्यकर्मीको उपस्थिति न्यून

लमजुङ। 

लमजुङको सदरमुकाम बेसीशहरमा रहेका औषधि पसल तथा फार्मेसीको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बेसीशहर बजार क्षेत्रमा सञ्चालित औषधि पसलको अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला अस्पतालका चिकित्सक, करदाता सेवा कार्यालयका प्रमुख, बेसीशहर नगरपालिका, पर्यटन तथा उद्योगक कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षा कर्मी, पत्रकार सहितको अनुगमन टोलीले सोमवार बेसीशहर नगरपालिका ८ ठाडोलाइन र सेरामा रहेका १० वटा औषधि पसलमा अनुगमन गरेको हो ।

अनुगमन टोलीले औषधि पसलहरु दर्ता, नवीकरण भए नभएको, विलविजक, साइनबोर्ड, सरसफाइ, अनुमतिप्राप्त व्यक्तिबाट औषधि विक्रि वितरण भए नभएको तथा तोकिएको मापदण्ड अनुसार चलेनचलेको विषयमा अनुगमन गरेको जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले बताए ।

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि पसलको अवस्था बुझ्न गरिएको अनुगमनमा अधिकांश औषधि पसल संचालकहरुले सरसफाईमा ध्यान नदिएको तथा पसल सञ्चालनको अवस्था सन्तोषजनक नरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमको भनाई छ । 

सहायक प्रजिका अनुसार तोकिएको व्यक्ति तथा दक्ष स्वास्थ्यकर्मीले मात्र औषधि विक्रिवितरण गर्नुपर्नेमा औषधि पसलहरुमा उक्त व्यक्तिको उपस्थिति न्यून पाइएको छ । औषधि पसलमा खाद्यपुरक समाग्रीहरु, औषधीको रुपमा दर्ता नभएका सामाग्री बेचविखन गरेको र इजाजत विना कप्युटर बिलिङ प्रयोग गरेको पाइएकाले उक्त पसललाई सुझाव सहित सात दिनभित्र सुधार गर्न निर्देशन दिइएको छ । तोकिएको समयअवधिमा सुधार नभएमा कानुन बमोजिम जरिवाना तथा कारबाही गरिने जिल्ला अनुगमन समितिले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register