एसईईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए

दशरथचन्द । माध्यमिक परीक्षा (एसईई)का लागि बैतडीमा २७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्ला परीक्षा समन्वय समितिले आगामी चैत ७ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाका लागि २७ वटा परीक्षा केन्द्र निर्धारण गरेको हो । यो वर्ष दुई वटा परीक्षा केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए […]

Mar 11, 2025 - 01:42
 0
एसईईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए

दशरथचन्द । माध्यमिक परीक्षा (एसईई)का लागि बैतडीमा २७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्ला परीक्षा समन्वय समितिले आगामी चैत ७ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाका लागि २७ वटा परीक्षा केन्द्र निर्धारण गरेको हो ।

यो वर्ष दुई वटा परीक्षा केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए । प्राविधिक धारतर्फका परीक्षार्थीका लागि वीरेन्द्र मावि शाहिलेक (ख) केन्द्र र ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीका लागि वीरेन्द्र मावि शाहिलेक (ग) केन्द्र कायम गरिएको उनले बताए ।

प्राविधिक धारतर्फका सात वटै विद्यालयका लागि वीरेन्द्र मावि शाहिलेक (ख) केन्द्र कायम गरिएको छ । वीरेन्द्र मावि शाहिलेकमा तीन वटा (क, ख र ग) केन्द्र तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डको पत्रअनुसार जिल्लामा दुई वटा केन्द्र थप गरिएको हो ।

यस वर्षको एसईई परीक्षामा बैतडीका पाँच हजार तीन सय ६२ विद्यार्थीहरु सहभागी हुँदैछन् । नियमित र ग्रेडवृद्धि गरेर पाँच हजार तीन सय ६२ जना परीक्षार्थीले एसइई परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए ।

साधारणतर्फका नियमित दुई हजार एक सय १५ छात्रा र एक हजार नौ सय ७६ छात्र गरेर चार हजार ९१ परीक्षार्थी सहभागी हुनेछन् । त्यसैगरी प्राविधिक धारतर्फका नियमित ९६ छात्रा र एक सय २० छात्र गरेर दुई सय १६ परीक्षार्थी सहभागी हुने शर्माले बताउनुभयो । पाँच सय ८६ छात्रा र चार सय ६९ छात्र गरेर एक हजार पाँच जनाले ग्रेडवृद्धि परीक्षा दिने उनले जानकारी दिए ।

बैतडीमा एक सय २८ वटा सामुदायिक र पाँच वटा संस्थागत विद्यालयका परीक्षार्थीले एसइई परीक्षामा सहभागिता जनाउने छन् । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register