लन्डनमा गोर्खाज् रेष्टुरेन्टको २५औं वार्षिकोत्सवमा बधाई दिन आइन् बेलायती अर्थमन्त्री

लन्डन- बेलायतका प्रतिष्ठित नेपाली व्यवसायी बालजंग अर्याल सञ्चालक रहेको ‘गोर्खाज् रेष्टुरेन्ट’ ले स्थापनाका २५औं वर्ष विशेष समारोहका साथ मनाएको छ । साउथ लन्डनको सिड्नमस्थित नेपाली तथा इन्डियन रेष्टुरेन्ट गोर्खाजमा आइतबार आयोजित समारोहमा शुभकामना दिन बेलायती अर्थमन्त्री रेचल रिभ्स समेत आइपुगेकी थिइन्। अर्थमन्त्री रिभ्सले साउथ लन्डन क्षेत्रकै लोकिप्रय नेपाली रेष्टुरेन्ट गोर्खाज् स्थापनाका २५ औं वर्ष पूरा […]

May 18, 2025 - 20:08
 0
लन्डनमा गोर्खाज् रेष्टुरेन्टको २५औं वार्षिकोत्सवमा बधाई दिन आइन् बेलायती अर्थमन्त्री

लन्डन- बेलायतका प्रतिष्ठित नेपाली व्यवसायी बालजंग अर्याल सञ्चालक रहेको ‘गोर्खाज् रेष्टुरेन्ट’ ले स्थापनाका २५औं वर्ष विशेष समारोहका साथ मनाएको छ ।

साउथ लन्डनको सिड्नमस्थित नेपाली तथा इन्डियन रेष्टुरेन्ट गोर्खाजमा आइतबार आयोजित समारोहमा शुभकामना दिन बेलायती अर्थमन्त्री रेचल रिभ्स समेत आइपुगेकी थिइन्।

अर्थमन्त्री रिभ्सले साउथ लन्डन क्षेत्रकै लोकिप्रय नेपाली रेष्टुरेन्ट गोर्खाज् स्थापनाका २५ औं वर्ष पूरा भएको तथा हालै स्थानीय लुइसम बरोबाट ‘बेस्ट रेष्टुरेन्ट’ का रुपमा मेयर अवार्ड प्राप्त गरेकोमा बधाई दिइन् ।

उनले स्थानीय समुदायमा गोर्खाज् रेष्टुरेन्ट र सञ्चालक बालजंग अर्यालको टीमले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै त्यसका लागि धन्यवाद पनि व्यक्त गरिन् ।

सो अवसरमा स्थानीय लुइसम वेष्ट र इष्ट डलिच क्षेत्रको प्रतिनिधित्व गर्ने बेलायती सांसद एली रिभ्सले गोर्खाज् रेष्टुरेन्ट स्थापनाका २५ औं वर्ष पूरा भएको सुखद अवसरमा लुइसम बरोबाट मेयर अवार्ड प्राप्त गरेकोमा बधाई ज्ञापन गरिन् । गोर्खाज् रेष्टुरेन्टले व्यवसायका साथै बेलायत र नेपालमा समेत सामुदायिक सेवाका कयौं कार्य गर्दै आएकोमा उनले खुशी व्यक्त गरिन्।

स्थानीय लुइसम बरोकी मेयर ब्रेन्डा डेक्रेसले स्वादिष्ट खानाका लागि बरोमै प्रख्यात गोर्खाज् रेष्टुरेन्टले सामुदायिक सद्भाव अभिवृद्धिमा समेत पुर्याउँदै आएको योगदानको कदरस्वरुप मेयर अवार्डबाट सम्मानित गरिएको बताइन् ।

लन्डन रोयल ग्रीनवीच बरोका मेयर जीत रानाभाटले गोर्खाज रेष्टुरेन्टले प्राप्त गरेको मेयर अवार्ड एक रेष्टुरेन्टको लागि मात्र नभइ यहाँ उपलब्ध हार्दिकतापूर्ण आतिथ्य र सत्कारका लागि पनि सम्मान रहेको धारणा व्यक्त गरे । गोर्खाजको सफलता बेलायतका अरु नेपाली व्यवसायहरुका लागि पनि हौसला बन्ने उनको विश्वास छ ।

त्यस अवसरमा सञ्चालक बालजंग अर्यालले गोर्खाज् रेष्टुरेन्टको २५ औं वार्षिकोत्सवमा बेलायती अर्थमन्त्रीदेखि स्थानीय सांसद, मेयरजस्ता विशिष्ट अतिथिको उपस्थितिले आफूहरुलाई ठूलो प्रोत्साहन मिलेको बताए ।

सञ्चालक आशिष अर्यालले आफ्ना बाबुआमाको निरन्तर मेहनत र समर्पणले आज रेष्टुरेन्ट सफलतापूर्वक २५ औं वर्ष पूरा गर्न सफल भएकोमा गौरव लागेको सुनाए । उनले स्थानीय समुदायबाट प्राप्त साथ र हौसलाका लागि पनि आभार प्रकट गरे।

कार्यक्रममा स्थानीय बेलायती समुदायका ६ दर्जन बढी लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो।

गुल्मी शान्तिपुर स्थायी घर भएका बालजंग अर्याल र कमला अर्याल दम्पत्तिले २५ वर्षअघि स्थापना गरेको गोर्खाज् रेष्टुरेन्टले मुख्यतः नेपाली कुइजिनका साथै इन्डियन कुइजिनका स्वादिष्ट परिकारहरुबाट स्थानीय ग्राहकहरुको मन जित्दै आएको छ ।

स्थानीय क्षेत्रमा लोकप्रिय र प्रतिष्ठित रेष्टुरेन्टले यसअघि पनि थुप्रै अवार्डहरु जितिसकेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register