सांसद विकास कोषका लागि ३४ अर्ब विनियोजन गर्न लागेकोप्रति सांसद्कै विरोध

काठमाडौं । संसद् विकास कोषले संसदहरूकै बदनाम गराइरहेको भन्दै यसपटक संसद विकास कोषमा पैसा नदिन सांसदले नै माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूलाई योजना छनौटमा सहभागी गराउन तर पैसा नदिन माग गरेका हुन् । सांसद विकास कोषका कारण सांसदहरूको बदनाम भइरहेको भन्दै यो परिपाटी रोक्न माग गरे। ‘योजना छनौटनमा सांसदहरूलाई सहभागी गराउनुहोला र […]

May 19, 2025 - 08:24
 0
सांसद विकास कोषका लागि ३४ अर्ब विनियोजन गर्न लागेकोप्रति सांसद्कै विरोध

काठमाडौं । संसद् विकास कोषले संसदहरूकै बदनाम गराइरहेको भन्दै यसपटक संसद विकास कोषमा पैसा नदिन सांसदले नै माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूलाई योजना छनौटमा सहभागी गराउन तर पैसा नदिन माग गरेका हुन् ।

सांसद विकास कोषका कारण सांसदहरूको बदनाम भइरहेको भन्दै यो परिपाटी रोक्न माग गरे। ‘योजना छनौटनमा सांसदहरूलाई सहभागी गराउनुहोला र कोषका नाममा रकम दिएर बदनाम नगरिदिनुहोला,’ उनले भने ।

सांसद जनताका प्रतिनिधि भएकाले निर्वाचन क्षेत्रमा जाने योजनाबारे सांसदहरूलाई सहभागी गराउन उनले माग गरे । ‘योजना पहिचान र छनौटमा सांसदहरूको सहभागिता होस् । सक्नुहुन्छ भने सांसदले पहिचान गरेका योजना छनौट गरिदिनुहोला । कुनै पनि सांसद वा क्षेत्रलाई रकम दिने कुराले संसद र सांसदको गरिमा राम्रो हुनेछैन,’ उनले भने ।

योजना प्रवृष्टमा कर्मचारीहरूको चलखेल रहेको भन्दै त्यसलाई अन्त्य गर्न उनले माग गरे । ‘जनप्रतिनिधिहरूले भनेका योजना लागु नहुने कर्मचारीहरूले योजना प्रवृष्ट गर्ने परिपाटी छ । कर्मचारीले जागिर खाने हो वा योजना छनौट गर्ने?’ उनको प्रश्न छ ।

सरकारले प्रति निर्वाचन क्षेत्र २१ करोड बजेट दिने तयारी गरेको छ । नयाँ नाममा ३४ अर्ब रकम विनियोजन गर्ने तयारी भइरहेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register