फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टे पक्राउ

काठमाडौं । प्रहरीले फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले मानवता विरुद्धको अपराधको आरोप लगाउँदै उनीविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । हङकङबाट फर्किएपछि फिलिपिन्सको राजधानी मनिला विमानस्थलमा प्रहरीले डुटेर्टेलाई पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ । सन् २०१६ देखि २०२२ सम्म दक्षिणपूर्वी एसियाली राष्ट्रको राष्ट्रपति रहँदा डुटेर्टेले […]

Mar 11, 2025 - 05:54
 0
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टे पक्राउ

काठमाडौं । प्रहरीले फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले मानवता विरुद्धको अपराधको आरोप लगाउँदै उनीविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो ।

हङकङबाट फर्किएपछि फिलिपिन्सको राजधानी मनिला विमानस्थलमा प्रहरीले डुटेर्टेलाई पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ ।

सन् २०१६ देखि २०२२ सम्म दक्षिणपूर्वी एसियाली राष्ट्रको राष्ट्रपति रहँदा डुटेर्टेले लागुऔषध विरोधी कारबाहीको नेतृत्व गरेका थिए, जसमा हजारौंको मृत्यु भएको थियो ।

यसअघि आफ्नो सम्भावित गिरफ्तारीको बारेमा उनले आफू जेल जान तयार रहेको बताएका थिए ।

फिलिपिन्समा मानव अधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले गिरफ्तारीलाई “ऐतिहासिक क्षण” भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register