वैकल्पिक राजनीतिको औचित्य सकिएको छैन, समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी जरुरी छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले देशमा वैकल्पिक राजनीतिको औचित्य नसकिएको बताएका छन् । पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रम बोल्दै संयोजक भट्टराईले वैकल्पिक शक्ति बनाउन नयाँ दलहरूबीच सहकार्य गर्दै अघि बढ्न आग्रह गरेका छन् । उनले भने, ‘अब पुराना दलबाट यो मुलुक अघि बढ्न सक्दैन । नयाँ र वैकल्पिक शक्तिको […]

Feb 9, 2025 - 09:33
 0
वैकल्पिक राजनीतिको औचित्य सकिएको छैन, समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी जरुरी छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले देशमा वैकल्पिक राजनीतिको औचित्य नसकिएको बताएका छन् ।

पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रम बोल्दै संयोजक भट्टराईले वैकल्पिक शक्ति बनाउन नयाँ दलहरूबीच सहकार्य गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

उनले भने, ‘अब पुराना दलबाट यो मुलुक अघि बढ्न सक्दैन । नयाँ र वैकल्पिक शक्तिको औचित्य झन् आवश्यक हुँदै गएको छ । हामीले नै त्यस्तो शक्ति बनाउन सक्छौँ । केही गरी हामीले बनाउन सकेनौँ भने पनि कसै न कसैले त बनाउँछ ।’

भट्टराईले महाधिवेशनमा उपस्थित भएका रास्वपा, जनमत, नाउपा, विवेकशील नेपाली दल लगायतका नेतालाई वैकल्पिक शक्ति बनाउने अभियानमा सहकार्य गर्दै जाने प्रस्ताव पनि गरे ।

मुलुकलाई मुख्य तीन दल काङ्ग्रेस, एमाले र माओवादीले बर्बाद बनाएको उनले आरोप लगाए । भट्टराईले भने, ‘पुराना दलका तीनवटा टाउकाले देश बर्बाद बनाए, नागरिकलाई हैरान पारे । सत्तामा हुन्जेल सब राम्रो छ भन्छन्, बाहिर निस्किएपछि सब बिग्रियो भन्दै चिच्याउँछन् । अब यिनीहरूको पछि लागेर समय खेर फाल्नु हुँदैन ।’

उनले मुलुकको समृद्धिका लागि पाँच ‘स’ आवश्यक रहेको बताए । त्यसमध्ये पनि ‘समृद्धि’ सबैभन्दा धेरै आवश्यक रहेको भन्दै उनले त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नै पर्ने बताए ।

भट्टराईले मुलुकको बजेटको ४० प्रतिशतभन्दा धेरै रकम भ्रष्टाचार हुनेको भन्दै शक्तिशाली लोकपाल बनाएर भ्रष्टाचारको छानबिन गर्न आग्रह गरे । उनले आफूमाथि पनि छानबिन गर्न आग्रह गर्दै भने, ‘लौ हामीमाथि पनि छानबिन गरौँ, हिसिला र मलाई विभिन्न बहानामा आरोप लगाउने गरिएको छ । कतै केही बदमासी गरेको भए हामी जेल जान तयार छौँ ।’

भट्टराईले राज्यका हरेक निकायमा भ्रष्टाचार सबैभन्दा ठूलो समस्या रहेको बताए । न्यायालयदेखि अख्तियारसम्मका निकाय सेटिङका आधारमा चल्ने गरेको समेत उनले दाबी गरे ।

महाधिवेशन उद्घाटनमा विभिन्न नयाँ दलका नेताले शुभकामना दिएका थिए । पुराना दलका नेतालाई भने बोलाइएको थिएन ।

आज सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै २९ गते सकिने उक्त पार्टीले जनाएको छ । बन्दसत्रमा भट्टराईले राजनीतिक प्रस्ताव पेश गर्नेछन् ।

यो पनि पढ्नुहोस् :

नेसपा (नयाँ शक्ति) महाधिवेशन : नयाँ दल अतिथि, पुरानालाई छैन निम्तो (तस्वीरहरू)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register