पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुकमा बग, आफ्नो पोस्टमा आफैलाई गाली
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईको १० वर्ष पुरानो कमेन्टको स्क्रिनसट सोमबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त स्क्रिनसटमा भट्टराईको आधिकारिक फेसबुक पेजबाटै १० वर्षअघि उनकै पोस्टमा अश्लील र गालीयुक्त कमेन्ट आएको देखिन्छ । यसरी स्क्रिनशट भाइरल भएपछि भट्टराईको सचिवालयले फेसबुक पेज ह्याक भएको जनाएको छ । “डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ‘Dr. Baburam Bhattarai’ ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू ...

What's Your Reaction?






