पाकिस्तानमा ४५० यात्रु सवार रेल अपहरणमा पर्यो

काठमाडौं । पाकिस्तानमा बलुच लिबरेशन आर्मी (बीएलए)ले एउटा रेल अपहरण गरेको छ । रेलमा ४५० जना यात्रु रहेको बताइएको छ । रेल क्वेटाबाट पेशावर जाँदै थियो । बीएलएले सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला र बालबालिकालाई भने रिहा गरिएको छ । […]

Mar 11, 2025 - 12:00
 0
पाकिस्तानमा ४५० यात्रु सवार रेल अपहरणमा पर्यो

काठमाडौं । पाकिस्तानमा बलुच लिबरेशन आर्मी (बीएलए)ले एउटा रेल अपहरण गरेको छ ।

रेलमा ४५० जना यात्रु रहेको बताइएको छ । रेल क्वेटाबाट पेशावर जाँदै थियो । बीएलएले सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला र बालबालिकालाई भने रिहा गरिएको छ ।

पाकिस्तानी पत्रिका द डनले बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दलाई उद्धृत गर्दै यो रिपोर्ट गरेको छ । “क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा पेह्रो कुन्रीगदलरबीच भारी गोलीबारी भएको रिपोर्ट आएको छ,” शाहिदले भने ।

यसबीच बीएलएले भनेको छ, “हाम्रा लडाकुहरूले मश्काफ, धादरबोलनमा यो अपरेशनको योजना बनाएका छन् । रेलवे ट्रयाक उडाइएको छ, जसका कारण जाफर एक्सप्रेस रोकिएको छ । यसपछि हाम्रा लडाकुहरूले यो रेल कब्जा गरे र यात्रुहरूलाई बन्धक बनाए ।”

केही समय अगाडि मात्र बीएलएले पाकिस्तान र चीनविरुद्ध हमलाको चेतावनी दिएको थियो ।

दुई दिन अगाडि मात्र अमेरिकाले पाकिस्तानमा यात्रा नगर्न भन्दै आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको थियो ।

उसले आफ्नो एडभाइजरीमा पाकिस्तानमा आतङ्कवादी र सैन्य हमला हुनसक्ने चेतावनी दिएको थियो । अमेरिकाले बलुचिस्तान क्षेत्रमा यात्रा नगर्न सुझाएको थियो ।

यसअघि नोभेम्बर १४ मा क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटमा २६ जनाको मृत्यु भएको थियो । ५० भन्दा बढी व्यक्ति घाइते भए । त्यतिबेला पनि आतङ्कवादी समूह बलुच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको जिम्मेवारी लिएको थियो ।

यसअघि, २५ र २६ अगस्ट २०२४ को रातमा, बलुच लिबरेशन आर्मी (BLA) ले कोलपुर र माचबीचको पुल उडाएर ध्वस्त पारेको थियो । त्यसपछि रेल सेवा बन्द भयो । रेल सेवा ११ अक्टोबर २०२४ देखि पुनः सुरु भयो ।

फेब्रुअरी १६, २०२३ मा पनि जाफर एक्सप्रेसमा विस्फोट भएको थियो, जसमा २ जनाको मृत्यु भएको थियो । रेल चिचावतनी रेलवे स्टेसन पार गर्ने क्रममा विस्फोट भएको थियो । आक्रमणको जिम्मेवारी तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले लिएको छ ।

 

पाकिस्तानमा रेल हाइज्याक गर्ने बलुचिस्तान लिबरेशन आर्मी कस्तो समूह हो ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register