संसदमा सरकारका प्रतिनिधि नपुगेपछि बैठक स्थगित

काठमाडौं । प्रतिनिधसभाको बुधबारको बैठकमा सरकारका प्रतिनिधि नभएपछि बैठक स्थगित भएको छ । प्रतिनिधसभाको नियमावली अनुसार मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भएपनि कोही मन्त्री नआएपछि बैठक  १५ मिनेटका लागि स्थगित भएको हो । सरकारका प्रतिनिधि नदेखेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको ध्यानाकर्षण गराएका थिए । ‘सरकार सदनलाई हेपिरहेको छ। जनप्रतिनिधिलाई हेपिरहेको छ । हरेक […]

Mar 12, 2025 - 05:51
 0
संसदमा सरकारका प्रतिनिधि नपुगेपछि बैठक स्थगित

काठमाडौं । प्रतिनिधसभाको बुधबारको बैठकमा सरकारका प्रतिनिधि नभएपछि बैठक स्थगित भएको छ । प्रतिनिधसभाको नियमावली अनुसार मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भएपनि कोही मन्त्री नआएपछि बैठक  १५ मिनेटका लागि स्थगित भएको हो ।

सरकारका प्रतिनिधि नदेखेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको ध्यानाकर्षण गराएका थिए । ‘सरकार सदनलाई हेपिरहेको छ। जनप्रतिनिधिलाई हेपिरहेको छ । हरेक कुरामा हेपिरहेको छ । अभ्यासहरू सरकार मानिरहेको छैन । अहिले सदन सुरू भएको । यतिखेर मन्त्रीहरूको प्रतिनिधि कोही पनि छैनन् । समितिहरूमा बैठकमा जान्छौँ । प्रतिपक्षी दल उपस्थित हुन्छ तर सरकार उपस्थित हुँदैन । मन्त्रीहरू नभएपछि यो बैठक अघि बढ्न सक्दैन,’ उनले भने

उनले ध्यानाकर्षण गराएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register