अदालतले दियो हसिनाको घरसमेत १२४ बैंक खाता रोक्का गर्ने आदेश

ढाका, २८ फागुन । ढाकाको एक अदालतले मंगलबार पूर्व प्रधानमन्त्री शेख हसिनाको परिवारको केही सम्पत्ति जफत गर्ने आदेश दिएको छ । अदालतले शेख हसिनाका पति स्वर्गीय आणविक वैज्ञानिक एमए वाजेद मियाको नाममा रहेको सुदासाधन जफत गर्ने पनि आदेश दिएको हो । उनको परिवारको १२४ वटा बैंक खाता रोक्का गर्ने आदेश पनि दिइएको छ । यी [...] The post अदालतले दियो हसिनाको घरसमेत १२४ बैंक खाता रोक्का गर्ने आदेश appeared first on Jhapa Online.

Mar 12, 2025 - 08:34
 0
अदालतले दियो हसिनाको घरसमेत १२४ बैंक खाता रोक्का गर्ने आदेश

ढाका, २८ फागुन । ढाकाको एक अदालतले मंगलबार पूर्व प्रधानमन्त्री शेख हसिनाको परिवारको केही सम्पत्ति जफत गर्ने आदेश दिएको छ । अदालतले शेख हसिनाका पति स्वर्गीय आणविक वैज्ञानिक एमए वाजेद मियाको नाममा रहेको सुदासाधन जफत गर्ने पनि आदेश दिएको हो ।

उनको परिवारको १२४ वटा बैंक खाता रोक्का गर्ने आदेश पनि दिइएको छ । यी बैंक खातामा कम्तीमा ६ अर्ब बंगलादेशी टाका जति भएको बताइएको छ । भ्रष्टाचार निवारण आयोग (एसीसी)को याचिकामा यो आदेश दिइएको हो ।

यसबाहेक, शेख हसिनाको उनका छोरा सजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र उनका छोरीहरू ट्युलिप सिद्दीकी र रदवान मुजीबुर सिद्दीकीको सम्पत्ति पनि जफत गरिएको छ । फेब्रुअरी ६ मा बंगलादेशको विदेश मन्त्रालयले सामाजिक सञ्जाल र अन्य प्लेटफर्महरूमा हसिनाले निरन्तर दिइरहेका झूटा र बनावटी अभिव्यक्तिबारे भारत सरकारसँग कडा विरोध जनाएको थियो ।

बंगलादेश सरकारले हसिनाको अभिव्यक्तिले बंगलादेशका जनताको भावनामा चोट पुर्‍याएको र देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको बताएको छ । ढाकास्थित भारतका कार्यवाहक उच्चायुक्तलाई पठाइएको विरोध पत्रमा बंगलादेशले भारतमा रहँदा सामाजिक सञ्जाल र सञ्चारका अन्य माध्यमहरू प्रयोग गरेर हसिनालाई यस्ता उत्तेजक अभिव्यक्ति दिनबाट रोक्न उचित कारबाही गर्न पनि अनुरोध गरिएको थियो ।एजेन्सी

The post अदालतले दियो हसिनाको घरसमेत १२४ बैंक खाता रोक्का गर्ने आदेश appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register