आज अधिकांश विदेशी मुद्रा सस्तियो

झापा, १ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ५० पैसा छ। हिजो [...] The post आज अधिकांश विदेशी मुद्रा सस्तियो appeared first on Jhapa Online.

Mar 14, 2025 - 01:30
 0
आज अधिकांश विदेशी मुद्रा सस्तियो

झापा, १ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ५० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ २४ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ६० पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ५९ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ६२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ८० रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ८१ रुपैयाँ १९ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९७ पैसा थियो।

आज कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ ७९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ७५ पैसा थियो।

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ९५ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

The post आज अधिकांश विदेशी मुद्रा सस्तियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register