१५ दिने मिथिला परिक्रमाका सहभागी बिहीबार जनकपुरधाम फर्किए (तस्वीरहरू)
जनकपुरधाम । संसारकै सबैभन्दा लामो धार्मिक पदयात्राको रुपमा चिनिएको १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरू बिहीबार जनकपुरधाम फर्किएका छन् । परिक्रमाका सहभागीहरूले आज (शुक्रबार) बिहान जनकपुरधामको आन्तरिक परिक्रमा गरेपछि यो परिक्रमाको औपचारिक समापन हुनेछ । परिक्रमाको समाप्तिपछि जनकपुरधाममा होलीको पर्व मनाउने परम्परा रहेको छ । भारतको कलानेश्वरमा रेखा खिचेर घुम्ती संकल्प गरेका सहभागीहरूले बिहीबार बिहान […]

जनकपुरधाम । संसारकै सबैभन्दा लामो धार्मिक पदयात्राको रुपमा चिनिएको १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरू बिहीबार जनकपुरधाम फर्किएका छन् ।
परिक्रमाका सहभागीहरूले आज (शुक्रबार) बिहान जनकपुरधामको आन्तरिक परिक्रमा गरेपछि यो परिक्रमाको औपचारिक समापन हुनेछ । परिक्रमाको समाप्तिपछि जनकपुरधाममा होलीको पर्व मनाउने परम्परा रहेको छ ।
भारतको कलानेश्वरमा रेखा खिचेर घुम्ती संकल्प गरेका सहभागीहरूले बिहीबार बिहान त्यहाँ खिचेको रेखा मेटाएर साँझ जनकपुरधाम आइपुगेको मन्दिरका छोटे महन्थ रामरोशन दास बैष्णवले जानकारी दिए ।
जनकपुरधाम पुगेका सहभागीहरूले रङभूमि मैदान, तिरहुतिया गाछी र रामजानकी मन्दिरको आँगनमा विश्राम गरेका छन् । उनीहरूले जनकपुरधामका गङ्गासागर र धनुष सागर पोखरीमा स्नान गरेर जानकी मन्दिर र अन्य मठमन्दिरमा पूजाअर्चना गरे ।
फागुन कृष्णपक्षको औंसी तिथिमा मिथिला बिहारी मन्दिरबाट निकालिएको भगवान् रामको डोला र जनकपुरधामका सुन्दर सदनबाट निकालिएको माता सीताको डोला फागु पूर्णिमामा जनकपुरधाम फर्किको हो ।
यो पदयात्रामा सहभागीहरूले नेपालमा ११ र भारतमा ४ विश्रामस्थलमा विश्राम गरेका थिए । नेपालको ९० र भारतको ३० गरी जम्मा १२० किलोमिटरको यात्रा खाली खुट्टामै तय गर्दै उनीहरू जनकपुरधाम आइपुगेको हो ।
यस परिक्रमामा साधु सन्तका साथै हजारौं सर्वसाधारणको सहभागिता रहेको छ । जनकपुरधाममा विभिन्न स्थानहरूमा परिक्रमामा सहभागीहरूको स्वागत गरिएको थियो । त्यस्तै, सहभागीलाई विभिन्न संस्थाहरूले निःशुल्क भोजन र स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।
नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजिव झाले १५ दिनको अवधिमा विश्रामस्थलहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी गराएका हुन् ।
यसबाहेक, परिक्रमाका सहभागीहरूको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले जनकपुरधामको सुरक्षा व्यवस्थामा सुधार गरेको छ ।
What's Your Reaction?






