कस्तो होला आज देशभरको मौसम ?

झापा, ७ माघ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय प्रणालीको कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको मौसम यतिबेला आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका [...] The post कस्तो होला आज देशभरको मौसम ? appeared first on Jhapa Online.

Jan 20, 2025 - 03:49
 0
कस्तो होला आज देशभरको मौसम ?

झापा, ७ माघ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।

आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय प्रणालीको कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको मौसम यतिबेला आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना छ। साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

The post कस्तो होला आज देशभरको मौसम ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register