अपाङ्गता भएका व्यक्तिहरूलाई टीभीएस एनटर्क स्कुटर हस्तान्तरण

काठमाडौं । समावेशिता र पहुँच प्रवर्द्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कुटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, सोह्रखुट्टेमा सम्पन्न भएको थियो । कार्यक्रमले दुवै संस्थाको समुदायलाई दिगो गतिशीलता समाधानमार्फत सशक्त पार्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ […]

Mar 14, 2025 - 07:32
 0
अपाङ्गता भएका व्यक्तिहरूलाई टीभीएस एनटर्क स्कुटर हस्तान्तरण

काठमाडौं । समावेशिता र पहुँच प्रवर्द्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ ।

स्कुटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, सोह्रखुट्टेमा सम्पन्न भएको थियो । कार्यक्रमले दुवै संस्थाको समुदायलाई दिगो गतिशीलता समाधानमार्फत सशक्त पार्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

उक्त अवसरमा भारतीय राजदूतावासका विशिष्ट अतिथि मेजर नवीन जानु, एसएम असिस्टेन्ट मिलिटरी, टिभीएस मोटर कम्पनीका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि गतिशीलता ठुलो चुनौती हुने गर्दछ । यस पहलले विश्वसनीय, उच्च प्रदर्शन क्षमतायुक्त, सुविधा सम्पन्न स्कुटरहरू प्रदान गरेर उक्त चुनौतीलाई समाधान गर्न केही हद सम्म भए पनि सघाउने उद्देश्य बोकेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register