सशस्त्र प्रहरीले गर्‍यो पर्साबाट २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

वीरगञ्ज । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम बढेको छ । सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८–८१ को ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६ करोड ६८ लाख ५३ हजार रुपैयाँ मूल्य पर्ने भन्सार छलीका सामान बढी बरामद गरेको हो । सशस्त्र प्रहरी बल, […]

Jan 21, 2025 - 01:33
 0
सशस्त्र प्रहरीले गर्‍यो पर्साबाट २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

वीरगञ्ज । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम बढेको छ ।

सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८–८१ को ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६ करोड ६८ लाख ५३ हजार रुपैयाँ मूल्य पर्ने भन्सार छलीका सामान बढी बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले चालु आवको ६ महिनामा भन्सार छली गरेर भित्र्याइएका २१ करोड २८ लाख २६ हजार रुपैयाँ मूल्य पर्ने सामान बरामद गरेको जानकारी दिए ।

‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यपदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ ।’

सशस्त्र प्रहरी बलले चालु आवको ६ महिनामा १६ करोड ४७ लाख ४१ हजार रुपैयाँको भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । त्यस्तै सोही अवधिमा चार करोड ६० लाख ८५ हजार रुपैयाँ मूल्य पर्ने बिलबिजक नभएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।

सशस्त्र प्रहरीले आव २०८०–८१ को ६ महिनामा भन्सार छली गरेर भित्र्याइएको चार करोड ७७ लाख रुपैयाँ मूल्यका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो । आव २०८०–८१ को ६ महिनाकै अवधिमा बिलबिजक नभएका नौ करोड ८२ लाख ६९ हजार रुपैयाँको सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो ।

पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग खुला रूपमा जोडिएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register