मधेसलाई पुलिसको २८९ रनको लक्ष्य, दीपेन्द्र र आरिफको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई २८९ लक्ष्य दिएको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पुलिस ४९.५ ओभरमा २८८ रन बनाएर अलआउट भएको हो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले अर्धशतकीय पारी खेले । दीपेन्द्रले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन […]

Mar 15, 2025 - 07:26
 0
मधेसलाई पुलिसको २८९ रनको लक्ष्य, दीपेन्द्र र आरिफको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई २८९ लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पुलिस ४९.५ ओभरमा २८८ रन बनाएर अलआउट भएको हो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले अर्धशतकीय पारी खेले ।

दीपेन्द्रले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए । आरिफले भने ५४ ओभरमा ४ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाए ।

अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाए ।

मधेसका लागि रुपेश सिंहले ४, विशाल पटेलले ३, हरिशङ्कर साहले २ तथा रञ्जित कुमारले १ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register