यमनका हुथी विद्रोहीमाथि अमेरिकाको ‘भीषण’ हवाई आक्रमण, कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं । यमनमा हुथी विद्रोहीमाथि अमेरिकाले ‘भीषण’ हवाई आक्रमण गरेको छ । यसको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएका छन् । लाल सागरमा जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको आक्रमणका कारण अमेरिकाले जवाफी कारबाही गरेको ट्रम्पले उल्लेख गरेका छन् । उनले […]

Mar 16, 2025 - 04:17
 0
यमनका हुथी विद्रोहीमाथि अमेरिकाको ‘भीषण’ हवाई आक्रमण, कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं । यमनमा हुथी विद्रोहीमाथि अमेरिकाले ‘भीषण’ हवाई आक्रमण गरेको छ । यसको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

उनले अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएका छन् । लाल सागरमा जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको आक्रमणका कारण अमेरिकाले जवाफी कारबाही गरेको ट्रम्पले उल्लेख गरेका छन् ।

उनले आफ्नो ट्रुथ एकान्टमा लेखेका छन्, ‘इरानद्वारा समर्थित हुथीहरूले अमेरिकी विमानहरूमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन् । । हुथी विद्रोहीहरूको डकैती, हिङ्सा र आतङ्कले अर्बौं डलरको क्षति पुर्‍याएको छ र मानिसहरूको जीवनलाई जोखिममा पारेको छ ।’

हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अमेरिकी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनका साथै नौ घाइते भएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register