महिला प्रहरीका लागि प्रदेश सरकारले निर्माण गर्‍यो ब्यारेक

हेटौँडा । बागमती प्रदेश सरकारकाे सहयाेगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा महिला ब्यारेक भवन निर्माण भएकाे छ । प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बिनियाेजित बजेटबाट नवनिर्मित महिला व्यारेक भवनकाे आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले उद्घाटन गरेका हुन् । मन्त्री लामिछानेले भवन निर्माणसँगै महिला प्रहरीहरुकाे आवास सुविधामा राहत प्रदान गरेकाे बताए । उनले न्युनतम […]

Apr 24, 2025 - 16:03
 0
महिला प्रहरीका लागि प्रदेश सरकारले निर्माण गर्‍यो ब्यारेक

हेटौँडा । बागमती प्रदेश सरकारकाे सहयाेगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा महिला ब्यारेक भवन निर्माण भएकाे छ ।

प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बिनियाेजित बजेटबाट नवनिर्मित महिला व्यारेक भवनकाे आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले उद्घाटन गरेका हुन् ।

मन्त्री लामिछानेले भवन निर्माणसँगै महिला प्रहरीहरुकाे आवास सुविधामा राहत प्रदान गरेकाे बताए । उनले न्युनतम आवश्यकता र पूर्वाधारकाे अभावमा पनि  प्रहरीले गरिहेको सेवा प्रवाह प्रशंसनीय रहेकाे बताए ।

जनताकाे शान्ति सुरक्षामा प्रत्यक्ष सराेकार राख्ने नेपाल प्रहरीकाे क्रियाशिलतामा र सेवा प्रभावमा केही कमी नहाेस भनेर २०७५ साल देखि हालसम्म नेपाल प्रहरीका  विभिन्न तहका भाैतिक संरचनाका लागि सहयाेग गर्न आइरहेकाे मन्त्री लामिछानेले बताए ।

२०८० साल असोजबाट प्रक्रिया शुरु गरि उक्त महिला व्यारेक भवन एक करोड ९५ लाख ७३ हजार रुपैयाँ लागतमा २०८२ बैशाखमा निर्माण सम्पन्न भएको हो ।

७१ वटा प्रहरीकाे युनिट निर्माण

बागमती प्रदेश सरकारले शुरुवाती चरण देखि हालसम्म ७१ वटा प्रहरी युनिट निर्माण गर्न लगानी गरेकाे छ । जसमध्ये आज उद्घाटन भएकाे महिला व्यारेक ६९ औँ युनिट हाे । बागमती प्रदेश प्रहरी कार्यालय हेटाैँडाका इन्जिनियर प्रहरी नायब उपरिक्षक शम्भु काेइरीका अनुसार हालसम्म ३ अर्ब ४७ कराेड २२ लाख ६४ हजार रकम निकास भएकाे छ । अव निर्माण सम्पन्न अन्तिम चरणमा रहेका २ वटा प्रहरीका युनिटहरुकाे उद्घाटन छिटै हुने काेइरीले जानकारी दिए । उद्घाटन हुन बाँकी रहेका प्रहरी युनिटहरुमा ३ कराेड ८ लाख ४ हजार ३४२ रुपैया लागतकाे ट्राफिक कार्यालय, रामेछाप र ६ कराेड १६ लाख ५ हजार ७ सय ३५ रुपैया लागतमा निर्माण भएकाे इलाका प्रहरी कार्यालय खैरहनी चितवन रहेकाे काेइरीले जानकारी दिए

यस्ताे छ नवनिर्मित महिला व्यारेक

५०४ वर्गमिटर क्षेत्रफलको तीन तल्ले नवनिर्मित व्यारेकमा ५० जना महिला प्रहरी कर्मचारीको आवासीय सुविधा रहने बताइएको छ । जिल्ला प्रहरी कार्यालयमा अहिले ३८ जना महिला कर्मचारी कार्यरत छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईमा गरी मकवानपुरमा ९४ जना महिला प्रहरी कर्मचारी कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यस भवनको भुई तल्लामा ब्यारेक-२, सभाहल-१ र शौचालय/स्नान गृह-२, पहिलो तल्लामा शौचालय र स्नानगृहको सुविधा सहित प्र.ह./प्र.ज.महिला ब्यारेक-२ वटा र दोस्रो अर्थात अन्तिम तल्लामा जु.प्र.अ महिला ब्यारेक-१ वटा, शौचालय/ स्नान गृह सहित सि.प्र.अ. महिला व्यारेक-१ , शौचालय र स्नान गृह-२ वटा व्यवस्थापन गरिएको प्रहरीले जनाएकाे छ ।

प्रमुख अतिथि लामिछानेले नवनिर्मित महिला भवन निर्माण कार्यमा योगदान पुर्‍याएको भन्दै निर्माण कम्पनि गौरीगणेश कन्स्ट्रक्सनका संचालक पवन कुमार मिश्रलाई प्रशंसापत्र प्रदान गरेका थिए । यस्तै प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र प्रहरी हवल्दार असर्फीलाल साहलाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक कृष्ण हरि शर्मा, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर प्रहरी प्रमुख एसपी बिश्वराज खड्कालगायतले भवन निर्माण प्रति प्रदेश सरकारलाई आभार व्यक्त गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register